Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङसँग जोडिएकी चीनकी सम्भावित जासुस एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित मेगास्पिड कम्पनीको कार्यकारी पद छाडेको कम्पनीले जनाएको छ । एनभिडियाका उच्च क्षमताका कृत्रिम बौद्धिकता चिप चीनसम्म पुर्‍याउन मेगास्पिडले सहयोग गरेको आशङ्कापछि कम्पनी विवादमा परेको हो । दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता रहेको मेगास्पिडले आइतबार आफ्नो व्यावसायिक गतिविधि र आपूर्ति प्रणालीबारे आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ । कम्पनीले बाह्य कानुनी परामर्शदातासमेत नियुक्त गरेको छ । यसैबीच, अमेरिकी सांसद जोन मोलिनारले जेन्सेन हुआङले चीनसम्बन्धी संसदीय समितिसहित अन्य दुई समितिसमक्ष बयान दिन सहमति जनाएको बताएका छन् । अमेरिकी निर्यात प्रतिबन्धका बाबजुद एनभिडियाका अत्याधुनिक चिप चीन पुगेको आशङ्का र त्यसमा एलिस हुआङको सम्भावित भूमिकाबारे अनुसन्धान गर्न बयान लिन लागिएको हो । मेगास्पिडले मलेसिया, इन्डोनेसिया र थाइल्यान्डमा सञ्चालन गरेका तथ्याङ्क केन्द्रमार्फत चिनियाँ कम्पनीलाई एनभिडियाका चिपमा अप्रत्यक्ष पहुँच दिएको आशङ्का गरिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि चिप निर्यातको निगरानीमा वाणिज्य मन्त्रालयको कमजोरी रहेको आरोप लगाएका छन् । यस विषयमा वाणिज्यमन्त्री हावर्ड लटनिकलाई आगामी महिना अमेरिकी सिनेटको समितिसमक्ष बयान दिन बोलाइएको छ । यता चीनले एलिस हुआङ जासुस भएको आरोप अस्वीकार गर्दै यस प्रकरणलाई कृत्रिम बौद्धिकता प्रविधिमा चीनमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ । The post चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रहरीमा खाली हुँदै ६ एआईजी पद, आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना
Latest NewsJust now

नेपाल प्रहरीमा खाली हुँदै ६ एआईजी पद, आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना

नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिवि... ...

नेपालखबर
धान काट्न व्यस्त छन् इलामका किसान
Latest NewsJust now

धान काट्न व्यस्त छन् इलामका किसान

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि स्थानीय किसान उत्साहका साथ खेतमा खटिएका छन् । मौसमले साथ दिएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताए। स्थानीय किसान धान ...

नेपालन्युज
कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन
Latest NewsJust now

कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन

काठमाडौँ, कात्तिक ३० गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल... ...

गोरखापत्र
चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ
Latest NewsJust now

चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ

मकवानपुर । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play