Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

10/31/2026, 12:11:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराज मार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४:५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ । सो कान्तिलोकपथका ललितपुर महानगरपालिका-२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ । त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका-१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका-७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पत्रकार पक्राउ प्रकरण : प्रहरी प्रवक्ताले प्रधानमन्त्री कार्यालयलाई दोष दिँदै पठाएको म्यासेज डिलिट गरे
OthersJust now

पत्रकार पक्राउ प्रकरण : प्रहरी प्रवक्ताले प्रधानमन्त्री कार्यालयलाई दोष दिँदै पठाएको म्यासेज डिलिट गरे

काठमाण्डु – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सुरक्षा बिटमा कलम चलाउने पत्रकारहरूका लागि सूचना दिन बनाइएको ह्वाट्सएप समूहमा शुक्रबार मध्यराति पत्रकार पक्राउ र सादा पोसाकका प्रहरी सञ्चारगृह प्रवेश गरेको विषयमा स्पष्टीकरणसहितको सन्देश पठाए । काफ्लेले प्रधानमन्त्री कार्यालयको निर्देशनमा पत्रकार पक्राउ गरिएको उल्लेख नगरी प्रधानमन्त्री कार्यालयको चासोपछि प्रहरी परिचालन भएको व्यहोरा सन्देशमा […] ...

काठमाण्डुपाटी
वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने
OthersJust now

वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताएका छन् । उनका अनुसार बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहेको छ । तर, बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको हो । निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए ...

पर्दाफास
बूढीगण्डकीले फेरि बगायो खोर्लाबेसीको सडक
OthersJust now

बूढीगण्डकीले फेरि बगायो खोर्लाबेसीको सडक

‘खोलालाई डाइभर्ट गरेर कुनातर्फबाट अस्थायी रुपमा डाइभर्सन बाटो बनाएका थियौं,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘आज फेरि त्यही खण्ड बगायो ।’ ...

अनलाइन खबर
कुलेखानी जलाशय भरिने क्रममा, सतर्कता अपनाउन आग्रह
OthersJust now

कुलेखानी जलाशय भरिने क्रममा, सतर्कता अपनाउन आग्रह

१४ कात्तिक, हेटौंडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play