देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा लगिएको छ । प्राधिकरणका अनुसार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापन गर्ने कार्य भइरहेको छ । विपद्का घटनाबाट थप क्षति हुन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै आवश्यक सतर्कता अपनाउनसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...

एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै ...

२४ घण्टामा विपद्का १३ घटना, एक जनाको मृत्यु, आठ घाइते
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, ...

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता
काठमाडौं । काठमाडौं महानगरपालिकाले एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन)सँगको सहकार्यमा आयोजना गरेको १० हजार मिटर काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)मा महिलातर्फ कृतिका ह्याउमिखाले ५१ मिनेट ५८.५ सेकेण्ड र पुरुषतर्फ सलमान शेखले ३८ मिनेट ५६ सेकेण्डमा निर्धारित दुरी पार गरेर विजेता बनेका छन् । आज बसन्तपुरबाट सुरु भएर १० हजार मिटर दुरी पार गरिसकेपछि बसन्तपुरमै समापन भएको दौडमा महिलातर्फ जेनिशा ...


