देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित सोही नगरपालिका–४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका–८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ तथा इटहरी–२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुई मोटरसाइकलसमेत बरामद गरेको छ। यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने सोही नगरपालिका–३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


