Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले प्रस्ताव गरेको दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदानमा भारत सकारात्मक देखिएको छ । तर, नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई रुट उपलब्ध गराउने विषयमा भने दुई देशबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका अधिकारीबीच भएको छलफलमा आर्थिक सहयोगको प्रस्तावप्रति भारतले सकारात्मक संकेत दिएको हो । नेपालले थप हवाई रुट उपलब्ध गराउन पनि प्रस्ताव गरेको थियो । तर, यस विषयमा वार्ता अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । हवाई रुटसम्बन्धी छलफलमा भारतले बागडोगरा प्रवेश बिन्दु हुँदै आफ्ना सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव राखेपछि वार्ता थप जटिल बनेको छ । नेपालले भने सैन्य विमान नभई नागरिक विमानलाई मात्र अनुमति दिन सकिने स्पष्ट पारेको छ । भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने विमानले कति उचाइमा उडान गर्न पाउने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन । भारतले ३९ हजार फिट उचाइ प्रस्ताव गरेको छ भने नेपालले त्यसलाई घटाएर करिब २९ हजार फिट कायम गर्नुपर्ने अडान राखेको छ । त्यस्तै, नेपालले पश्चिमी क्षेत्रको एल६२६ अर्थात् काठमाडौं–महेन्द्रनगर हवाई रुटलाई दुवैतर्फी सञ्चालनमा ल्याउन जोड दिएको छ । हाल उक्त रुटबाट अन्तर्राष्ट्रिय विमानले नेपालको पश्चिमी क्षेत्र हुँदै बाहिरिन मात्र पाउँछन् । सोही रुटबाट नेपाल प्रवेश गर्न भने अनुमति छैन । दुवैतर्फी सञ्चालनमा आए पश्चिमी सीमाबाट अन्तर्राष्ट्रिय विमानको प्रवेश र बहिर्गमन सहज हुने नेपालको अपेक्षा छ । यसैबीच, प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा हुने भेटवार्तामा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै, सीमित अधिकारीसहित र प्रतिनिधिमण्डल तहमा गरी तीन चरणमा छलफल हुनेछ । भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन र शिलान्यास गर्ने तयारी छ । दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट जनकपुर–अयोध्या रेल सेवा शुभारम्भ गर्ने, दार्चुलामा निर्माण भएको मोटरेबल पुल उद्घाटन गर्ने तथा भारतको बनवासामा एकीकृत जाँच चौकीको शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै, दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिको अवलोकन गरिनेछ । ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास र झापामा निर्माण हुने पेट्रोलियम पदार्थ भण्डारण टर्मिनलको निर्माण शुभारम्भ पनि भ्रमणका क्रममा गर्ने तयारी छ । यसका साथै दोस्रो चरणको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना नेपाललाई हस्तान्तरण गरिनेछ । प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्ष, व्यापार, ऊर्जा, जलस्रोत, पूर्वाधार, प्रविधि तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने दुवै देशका परराष्ट्र मन्त्रालयले जनाएका छन् । भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्तिसँगै विकास र समृद्धिका लागि संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारीसमेत छ । भ्रमणले दुई देशबीचको द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने र दुवै देशका नागरिकले प्रत्यक्ष लाभ पाउने सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युएईविरुद्धको जित्नै पर्ने खेलमा नेपालले टस जित्यो
PoliticsJust now

युएईविरुद्धको जित्नै पर्ने खेलमा नेपालले टस जित्यो

एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा भारतसँग निराशाजनक हार बेहोरेको नेपाल आज यूएईलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । भारतविरुद्धको पहिलो खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ दुवै कमजोर देखिएका थिए। बलियो भारतीय टोलीविरुद्ध नेपालले अपेक्षाअनुसारको चुनौती प्रस्तुत गर्न सकेन । त्यसैले यूएईविरुद्धको खेलमा ...

फरकधार
सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]
PoliticsJust now

सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]

लुम्बिनी प्रदेशको नवलपरासीस्थित सुस्ता गाउँपालिका वडा नम्बर ५ नारायणी नदीमा निर्माण भएको संभवत लामो झोलुङ्गे पुल निर्माणले स्थानीयलाई आवतजावतमा सहज भएको छ । १,५७१ मिटर लम्बाइको यो पुल राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साल असोज १८ गते उद्घाटन गरेका हुन । सुस्ता र सकरदिनहीलाई जोड्ने यस पुललाई नेपालकै सबैभन्दा लामो मानिएको छ ।   ...

फरकधार
विवादमा तानिएका एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटमा बयान दिन सहमत
PoliticsJust now

विवादमा तानिएका एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटमा बयान दिन सहमत

एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग हुआङको सम्बन्ध रहेको आरोपबारे सांसदहरूले अनुसन्धान गरिरहेका छन्। न्युयोर्क टाइम्सको एक रिपोर्टपछि हुआङमाथि अमेरिकी सांसदहरूको ध्यान झन् बढेको छ। ती महिलासँग हुआङको प्रेम सम्बन्ध रहेको उक्त ...

फरकधार
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
PoliticsJust now

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play