Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि पुल उदघाटन र जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्मका सेड्यूल

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि पुल उदघाटन र जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्मका सेड्यूल
Photo / Coverage: जनताटाइम्स

नयाँदिल्ली, मंसिर ७ । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको आज दोस्रो दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता, द्विपक्षीय छलफल र महत्वपूर्ण पूर्वाधार परियोजनाको शुभारम्भलगायतका कार्यक्रम तय भएका छन्। परराट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुनेछ । भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा ऊर्जा, जलविद्युत्, व्यापार, पारवहन, रेल तथा सडक सञ्जाल, पूर्वाधार विकास, लगानी र विपद्पछिको पुनर्निर्माणलगायत विषय प्राथमिकतामा रहनेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान समेत गर्नुहुनेछ । दुई प्रधानमन्त्रीबीचको वार्तापछि विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । भारतीय राष्ट्रपतिसँग उच्चस्तरीय भेट प्रधानमन्त्री शाहले सोमबार बिहान भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ । भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, राजनीतिक सहकार्य र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जनकपुर–अयोध्या रेल सेवा संयुक्त रूपमा उद्घाटन प्रधानमन्त्री शाहको दोस्रो दिनको कार्यक्रमको प्रमुख आकर्षण जनकपुरधाम–अयोध्या रेल सेवाको शुभारम्भ पनि हुनेछ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत जनकपुरधाम र भारतको अयोध्या जोड्ने नयाँ साप्ताहिक रेल सेवाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको उक्त रेल सेवाले नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्रलाई प्रत्यक्ष रेल सञ्जालमा जोड्नेछ । करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामबाट सुरु भई बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै अयोध्या क्यान्टसम्म पुग्नेछ । यात्राका क्रममा जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र अन्य स्थानमा व्यावसायिक स्टपेज रहने व्यवस्था गरिएको छ। रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्ने तालिका सार्वजनिक गरिएको छ । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिने भएकाले यो रेल सेवाले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र दुई देशका नागरिकबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।यसबाट सीमावर्ती क्षेत्रका व्यापार, पर्यटन, होटल तथा यातायात व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। ऊर्जा र पूर्वाधार सहकार्यमा नयाँ समझदारीको अपेक्षा प्रधानमन्त्री शाहको भारत भ्रमणमा ऊर्जा तथा पूर्वाधार सहकार्य अर्को महत्वपूर्ण विषय बनेको छ। नेपाल र भारतबीच जलविद्युत् विकास, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार र सीमा क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ । दुवै देशबीचको ऊर्जा व्यापारलाई थप व्यवस्थित बनाउने, नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा निर्यात गर्ने अवसर विस्तार गर्ने र नयाँ जलविद्युत् परियोजनामा लगानी सहकार्य बढाउने विषय वार्ताको एजेन्डामा छन्। त्यस्तै, गत अगस्टमा नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतको सहयोग, व्यापार तथा पारवहन सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषय पनि छलफलमा समेटिनेछन् । भारतले नेपालसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको विकास सहयोग प्याकेजबारे छलफल गरिरहेको समाचारसमेत सार्वजनिक भएको छ । यद्यपि यसको अन्तिम स्वरूप र कार्यान्वयनसम्बन्धी विवरण द्विपक्षीय छलफलपछि स्पष्ट हुनेछ । ‘समृद्ध नेपाल, उन्नत भारत’ दीर्घकालीन सहकार्यको खाका भ्रमणका क्रममा नेपाल र भारतबीच ‘समृद्ध नेपाल, उन्नत भारत’ नामक दीर्घकालीन सहकार्यको संयुक्त दृष्टिपत्र अघि बढाउने तयारी समेत रहेको छ । यसले ऊर्जा, व्यापार, पूर्वाधार, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा आगामी वर्षहरूमा दुई देशबीचको सहकार्यलाई दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बनेपछि शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण हो । दुई देशबीच राजनीतिक विश्वास सुदृढ गर्ने, आर्थिक साझेदारी विस्तार गर्ने र पूर्वाधार विकासलाई गति दिने दृष्टिले यस भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । साथै राष्ट्रघात नहोस भन्नेमा पनि सवैको ध्यान रहेको छ । दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिटिजन्स सुपर ५० को इकाईमा आवेदन दिने समय थपियो, मंसिर १६ सम्म भर्न पाइने
Economy & BusinessJust now

सिटिजन्स सुपर ५० को इकाईमा आवेदन दिने समय थपियो, मंसिर १६ सम्म भर्न पाइने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने समय थप गरिएको छ। अब लगानीकर्ताले मंसिर १६ गतेसम्म योजनाको इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । सिटिजन्स क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेको अवस्थामा भने सो अवधिअगावै निष्काशन तथा बिक्री बन्द गरिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० कर… ...

आर्थिक न्यूज
भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर दिने तयारी, राष्ट्रपति भवनमा रातो कार्पेट
Economy & BusinessJust now

भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर दिने तयारी, राष्ट्रपति भवनमा रातो कार्पेट

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गर्ने तयारी गरेको छ। राष्ट्रपति भवन परिसरमा आयोजना हुने समारोहका लागि रातो कार्पेट बिछ्याइएको छ। समारोहस्थलमा सुरक्षा व्यवस्था ...

आजको अर्थ
प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौँ र धुलिखेलमा हुने
Economy & BusinessJust now

प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौँ र धुलिखेलमा हुने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३)सम्म काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ। आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा.हेमराज शर्माले विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा … ...

आर्थिक न्यूज
स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
Economy & BusinessJust now

स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । स्वावलम्बन र महुली लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै संस्थाले मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन्। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद वितरण गर्ने गरेको छ ।  त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत बोनस सेयर र कर प्र… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement