Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

खनिज उत्खननमा भावी पुस्ताको हित सुनिश्चित गर्न सांसदहरूको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
खनिज उत्खननमा भावी पुस्ताको हित सुनिश्चित गर्न सांसदहरूको प्रस्ताव
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान खोजेका हुन् । प्रतिनिधिसभा सदस्यहरू बासना थापा, जयपती रोकाया र रीना उप्रेती (के.सी.)ले प्रस्तावित विधेयकको दफा (३) मा खनिज पदार्थको संरक्षण तथा व्यवस्थापन सम्बन्धी प्रावधान राख्न प्रस्तव गरेका छन् । ‘नेपाल भित्र निजी, सामुदायिक, सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको जुनसुकै प्रकारको जमिनको सतह वा भूगर्भमा प्रकृतिक अवस्थामा रहेको खनिज पदार्थको संरक्षण, व्यवस्थापन तथा उपयोग नेपाल सरकारले नागरिक तथा भावी पुस्ताको हितमा हुने गरी गर्नेछ’ उनीहरूले यस्तो लेख्ने प्रस्ताव राखेका हुन् । खनिज पदार्थको संरक्षण, व्यवस्थापन तथा उपयोग गर्दा अन्तरपुस्ता न्याय, वातावरणीय दिगोपन, सार्वजनिक हित, पारदर्शिता तथा जवाफदेहिताको सिद्धान्तलाई आधार मानिने विषय पनि ऐनमै लेख्नुपर्ने उनीहरूको प्रस्ताव छ । यीसहित यो विधेयकमाथि परेका संशोधनउपर संसदीय विषयगत समितिले छलफल अघि बढाउँदैछ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी तथा खनिज पदार्थ विधेयक,२०८३ माथि विज्ञहरुसँग छलफल गर्दैछ । त्यसपछि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्नेछ । यो विधेयकमाथि सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका छन् । यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन् । १४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । सरकारले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थ सम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न खानी तथा खनिज पदार्थ विधेयक ल्याएको हो । खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने उदेश्य राखिएको यो विधेयकमा ६३ वटा दफा प्रस्तावित छन् । हाल खानी तथा खनिज पदार्थ ऐन २०४२ प्रचलनमा छ । यसलाई खारेज गरेर समयाअनुकूल र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरूप अधिकार विकेन्द्रीकृत गर्ने गरी ल्याइएको विधेयकमा साधारण निर्माणमुखी खनिज, रणनीतिक तथा सामरिक महत्त्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थ सम्बन्धी विशेष व्यवस्था छन् । नेपालको संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँट गरेको छ । उद्योग मन्त्रालयका अनुसार प्रचलित खानी तथा खनिज पदार्थ ऐन, २०४२ संघीय शासन प्रणाली कार्यान्वयनपूर्वको कानून भएकाले वर्तमान संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्द्धनका आवश्यकतालाई समेट्न अपर्याप्त छ । खनिज र खनिज क्षेत्रको वैज्ञानिक व्यवस्थापन, खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन विधेया ल्याइएको मन्त्रालयले जनाएको छ । रणनीतिक, सामरीक तथा रेडियोधर्मी खनिज पदार्थको नियमन गर्न, भौगर्भिक अनुसन्धान तथा भूकम्पमापन कार्यलाई कानुनी आधार प्रदान गर्न तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट गर्ने उद्देश्यले खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक तर्जुमा गरिएको विधेयकमै उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चारवटा विधेयकमाथिको दफावार छलफल सुरु
Latest NewsJust now

चारवटा विधेयकमाथिको दफावार छलफल सुरु

काठमाण्डु – संसदीय विशेष समितिमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ। महिला तथा सामाजिक मामिला समितिले समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल सुरु भएको हो । अर्थ समितिमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल अघि […] ...

काठमाण्डुपाटी
मैदान र नेतृत्वमा कस्ता देखिए आठै टोलीका कप्तान?
Latest NewsJust now

मैदान र नेतृत्वमा कस्ता देखिए आठै टोलीका कप्तान?

काठमाडौँ । कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए। कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो... ...

रातोपाटी
बेँसी झरे उपल्लो मुस्ताङका स्कुल
Latest NewsJust now

बेँसी झरे उपल्लो मुस्ताङका स्कुल

मुस्ताङ समाचारदातामुस्ताङ, मङ्सिर ७ गते । चिसो बढेसँगै उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय तथा गुम्बा विद्यालयले जिल्लाबाहिर घुम्ती कक्षा चलाएका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement