Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक, घर फर्किनेको चहलपहल

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक, घर फर्किनेको चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक, घर फर्किनेको चहलपहल

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ भने परिवारमा खुसी छाएको छ। घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ। घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने तथा मठमन्दिरमा पूजाआजा गर्ने गतिविधिले गाउँबस्तीमा चाडपर्वको माहोल थपिएको छ। वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भएर सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन्। विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर र अध्ययनका लागि सहरमा रहेका युवा घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन्। दसैँ नजिकिएसँगै भोजपुरका मुख्य बजारमा किनमेल गर्नेको चहलपहल पनि बढेको छ। सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्री किन्ने ग्राहकको आवागमन बढेको छ। दसैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहयोग पुर्‍याएको छ। गाउँघरमा उत्पादन गरिएका खसीबोका, कुखुरा, तरकारी तथा फलफूलको माग बढ्दा किसानलाई उत्पादन बिक्री गर्ने अवसर मिलेको छ। टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान देवबहादुर विष्टका अनुसार चाडपर्वका बेला स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्छ। दसैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा पनि कायम छ। गाउँघरमा खेलकुद तथा विभिन्न प्रतियोगिता आयोजना हुँदा स्थानीयवासीको उत्साह थपिने गरेको छ। रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत चाडपर्व मनाउने शैलीमा परिवर्तन आए पनि दसैँले संस्कृति, संस्कार र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ। पारिवारिक मिलन, सांस्कृतिक परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दसैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान
ताजा खबरJust now

दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली ...

केन्द्रबिन्दु
होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’
ताजा खबरJust now

होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ गतेयता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानको पट्यारलाग्दो बसाइँकै बिच महिलाहरूको महान् चाड तीज आयो र गयो। हातमा चुरासम्म लगाउन... ...

रातोपाटी
झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी
ताजा खबरJust now

झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी

मादक पदार्थको लत छुटाउन सुधार केन्द्रमा भर्ना गरिएका इलामका एक युवकको दुई दिनमै मृत्यु भएपछि परिवारले कुटपिट र लापरवाहीको आरोप लगाउँदै केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। ...

कान्तिपुर
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
ताजा खबरJust now

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play