Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

नारायणगढ । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८३–८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताए । उनका अनुसार जिल्लाका मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग तथा मुख्य सडकखण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याएको छ । साथै चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु र निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गर्नुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान पुर्याएको प्रमुख थापाले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)
ताजा खबरJust now

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

रातोपाटी
कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
ताजा खबरJust now

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश

बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

रातोपाटी
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

लोकपथ
नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
ताजा खबरJust now

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play