Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे-बराह क्षेत्र जलयात्रा सेवा

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे-बराह क्षेत्र जलयात्रा सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे-बराह क्षेत्र जलयात्रा सेवा

भोजपुर। दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर आइतबारबाट जलयात्रा सुरु भएको हो । अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका दक्षिणी क्षेत्रका स्थानीयलाई जेटबोट सञ्चालनले राहत मिलेको छ । नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि जलयात्रा बन्द थियो । स्थानीय व्यवसायी हतुवागढी–९ कोप्चेका मिलन राईले कोप्चेबाट बराह क्षेत्रसम्मको भाडा रु ५०० तोकिएको जानकारी दिए। दक्षिणी भोजपुरका स्थानीय जेटबोट चढेर धरान, इटहरी र विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ । हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको पहल
ताजा खबरJust now

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको पहल

बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्‍यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्याहरूलाई मुख्य विषय बनाएका छन्। र्‍यापर... ...

रातोपाटी
चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो
ताजा खबरJust now

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन ...

केन्द्रबिन्दु
तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]
ताजा खबरJust now

तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]

महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play