दसैँको अन्तिम दिन आज, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउँछन् । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमी कै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । कार्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । आकाशदीपदान पनि सोमबार साँझदेखि नै सुरु गरिँदै छ । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भारतको आन्ध्र प्रदेश र ओडिशामा ‘अर्नब’ चक्रवातको प्रभाव, अलर्ट जारी
काठमाण्डु – बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ। मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बङ्गालको खाडीमा चक्रवाती आँधी विकसित हुन सक्छ। उक्त चक्रवात अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले सम्बन्धित सबै […] ...

बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल
अमरराज नहर्कीतनहुँ, कात्तिक ८ गते । दसैँ र तिहारबिचको लामो बिदामा घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ । चाडपर्व मनाएपछि परिवार र साथीभाइसँग... ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडाैँ । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा... ...

करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले आफ्नो तयारी तीव्र पारेको छ। टोलीले यसपटक पनि अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रने निर्णय गरेको छ। मोन्टी देसाईले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। काठमान्डु गोर्खाजले यस सिजनका लागि करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, रासिद खान, साहब आलम ...


