करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले आफ्नो तयारी तीव्र पारेको छ। टोलीले यसपटक पनि अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रने निर्णय गरेको छ। मोन्टी देसाईले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। काठमान्डु गोर्खाजले यस सिजनका लागि करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, रासिद खान, साहब आलम र सन्तोष यादवलाई टोलीमा कायम राखेको छ। खेलाडी अक्सनमा टोलीले १७ लाख रुपैयाँ खर्च गर्दै साहिल पटेल, दयानन्द मण्डल, देव साह, कृष्ण पौडेल, प्रसिद्ध जैसी, सोनु देवकोटा र सूर्यान्शु कोइरालालाई अनुबन्ध गरेको छ। टोलीले चारजना विदेशी खेलाडीलाई पनि भित्र्याएको छ। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर यसपटक काठमान्डु गोर्खाजबाट खेल्ने पक्का भएको छ। ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि विभिन्न विश्वकप जित्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजारभन्दा बढी रन बनाएका छन्। कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाका अनुसार वार्नरलाई अनुबन्ध गर्न महिनौँसम्म छलफल भएको थियो। वार्नरका साथै टोलीमा भारतीय पूर्व खेलाडी कोना श्रीकर भरत, श्रीलंकाली अलराउन्डर सहान अराचिगे र अस्ट्रेलियन अलराउन्डर विल बोसिस्टो पनि सामेल छन्। बोसिस्टो सन् २०१२ को यू-१९ विश्वकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको काठमान्डु गोर्खाजले दोस्रो संस्करणमा सुधारिएको प्रदर्शन गर्दै एलिमिनेटर चरणसम्मको यात्रा तय गरेको थियो। यसपटक टोलीले कात्तिक १२ गते जनकपुर बोल्ट्सविरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ। लिग चरणमा टोलीले कुल सात खेल खेल्ने तालिका रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...


