दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ कोशीले लुम्बिनी प्रदेशलाई १—४ गोलले पराजित गरेको छ । कोशीका लागि मिलन राईले १२ औँ र ३२ औँ मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औँ तथा सौरभ लिम्बुले ६४ औँ मिनेटमा गोल गरे । लुम्बिनीका लागि एक मात्र सान्त्वना गोल खेलको ५९ औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औँ मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो। रातो कार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिबन्ध लागेको छ । ...
दशौं राष्ट्रिय खेलकुदमा लुम्बिनीमाथि कोशीको सानदार जित

Read Complete Original Article
Published originally on फरकधार






