Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघको अध्यक्ष बन्दै ग्लोबल आईएमईका रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघको अध्यक्ष बन्दै ग्लोबल आईएमईका रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।संघको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनी यसअघि संघको उपाध्यक्ष थिए। संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध चयन भएका छन्। यसअघि कार्यसमिति सदस्य रहेका खनाल उपाध्यक्षमा बढुवा भएका हुन्। पछिल्लो समय संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ। सोही परम्पराअनुसार रेग्मी अध्यक्षमा निर्विरोध चयन भएका हुन्। संघको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित १० जना रहने व्यवस्था छ। निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला छन्। प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएपछि संघको सदस्यता पनि स्वत: समाप्त हुने भएकाले लक्ष्मी सनराइज बैंकबाट अवकाश पाएका अजयविक्रम शाहको कार्यसमिति सदस्य पद रिक्त भएको छ। त्यस्तै, लगातार दुई कार्यकाल कार्यसमिति सदस्य रहेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि कार्यसमितिबाट बाहिरिएका छन्। उनको स्थानमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य र शाहको स्थानमा सिद्धार्थ बैंकका रामेश्वरप्रसाद बस्याल कार्यसमितिमा आउने भएका छन्। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे भने एक कार्यकाल पूरा गरेपछि दोस्रो कार्यकालका लागि पनि कार्यसमिति सदस्यमा दोहोरिने भएका छन्। खनाल उपाध्यक्षमा चयन भएपछि उनले छाडेको कार्यसमिति सदस्य पदमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ। शुक्रबार आज साँझ आयोजना हुने विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उनलाई सम्मान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ। The post बैंकर्स संघको अध्यक्ष बन्दै ग्लोबल आईएमईका रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे सभापति लामिछाने
Latest NewsJust now

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।  सभापति लामिछानले शुक्रबार दिउँसो शीतलनिवासमा पुरेर राष्ट्रपति पौडेलसँग वार्ता गरेका हुन्।  राष्ट्रपति पौडले र लामिछानेबिच सरकार, संसद्, अध्यादेशसँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।  &n... ...

नेपालखबर
भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने
Latest NewsJust now

भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने

काराकास । भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यो घोषणा गरेका हुन् । सन् २०२४ मा पारित भएको र राजनीतिक उत्पीडनलाई सहज बनाउने विपक्षीले विश्वास गरेको यो कानुनले देशविरुद्ध प्रतिबन्ध लगाउन प्रचार वा समर्थन गर्ने व्यक्तिहरूलाई लक्षित गरेको थियो । “यो कानुन भेनेजुएला गुज्रिरहेको विशेष परिस्थिति र विशेष क्षणका लागि ...

केन्द्रबिन्दु
वीरगन्जको क्यासिनोबाट १२ जना पक्राउ
Latest NewsJust now

वीरगन्जको क्यासिनोबाट १२ जना पक्राउ

पर्सा। वीरगन्जको एउटा क्यासिनोबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। गैरकानुनी रुपमा नेपाली प्रवेश गरेको सूचना पाएपछि प्रहरीले क्यासिनोमा छापा मारी संलग्नहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगन्जका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार, पर्सागढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, वीरगन्ज महानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद,, ४८ वर्षीय दिपक साह, काभ्रे महाभारत गाउँपालिकाका ४७ वर्षीय ...

नेपालन्युज
राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने
Latest NewsJust now

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछाने राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेका हुन् । भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement