Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि ललितपुरमा सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ २० गरी ५५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुरको नखु दोबाटोस्थित जु जु सवाः नेवारी रेस्टुरेन्टको आँगनमा सञ्चालन भइरहेको प्रतियोगिता क्लासिकल विधामा केन्द्रित छ । यही मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न स्पर्धा आयोजना गरिएको हो । पुरुषतर्फ बागमती प्रदेशका नौ जिल्लाका ३५ तथा महिलातर्फ छ जिल्लाका २० खेलाडी सहभागी छन् । प्रतियोगिताबाट विभिन्न विधाका आधारमा १२ खेलाडी छनोट गरिने प्राविधिक संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । छनोट प्रतियोगितामा ४५ मिनेट ३० सेकेन्डको क्लासिकल, १० मिनेट ५ सेकेन्डको र्‍यापिड तथा तीन मिनेट दुई सेकेन्ड इन्क्रिमेन्टको ब्लिट्ज विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो चरणको खेलमा पुरुषतर्फका शीर्ष खेलाडीहरूले जित निकाल्दै सुखद सुरुवात गरेका छन् । चितवनका राजु त्रिपाठी, ललितपुरका सुरज महर्जन र कमल श्रेष्ठ, चितवनका सत्यम शर्मा तथा काठमाडौंका प्रतीक सुवेदीले जितसहित समान दुई अंक जोडनुभएको छ । त्यसैगरी काठमाडौंका सीएम नवीन तण्डुकार, ललितपुरका रत्न व्यञ्जनकार र अशोक मोहन श्रेष्ठ, दोलखाका राजीव कार्की, मकवानपुरका सुन्दर कार्की, भक्तपुरका पुरुषोत्तम दुवाल तथा काठमाडौंका आशानारायण लवटले पनि पहिलो चरणमा जित हासिल गर्दै दुई अंक बनाउनुभएको छ । ललितपुरका सानुभाइ महर्जन, दोलखाका कविन्द्र शिवाकोटी र काभ्रेपलाञ्चोकका श्याम मानन्धरले पनि विजयी सुरुवात गर्नुभएको छ । क्लासिकल विधामा सात चरणका खेल सञ्चालन हुनेछन् । दोस्रो चरणमा सुरज महर्जन र सुन्दर कार्की, अशोक मोहन श्रेष्ठ र कमल श्रेष्ठ, सत्यम शर्मा र पुरुषोत्तम दुवाल तथा आशानारायण लवट र प्रतीक सुवेदीबीच प्रतिस्पर्धा भएको छ । त्यस्तै कविन्द्र शिवाकोटी र शैलेन्द्र न्यौपाने, सीएम नवीन तण्डुकार र सानुभाइ महर्जन, रत्न व्यञ्जनकार र श्याम मानन्धर तथा राजु त्रिपाठी र राजीव कार्कीबीच पनि दोस्रो चरणको खेल खेल्नुभएको छ । महिलातर्फ ओजस्वी श्रेष्ठ, लक्ष्मी कँडेल, ग्लोसी श्रेष्ठ, शुभेच्छा घिमिरे, राधिका केसी, राजश्री कुसी, नेलिसा ओझा, मानस्विनी शर्मा र शुभश्री श्रेष्ठले समान एक अंक जोडनुभएको छ । यसस्वी महर्जन र श्रीयश्री तुलाधरले भने आधा अंकसहित दोस्रो स्थानमा रहनुभएको छ । प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र पूर्वअध्यक्ष बिदुरप्रसाद गौतमले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा विश्व बुद्धिचाल महासंघको रुल्स कमिसनका पार्षद् उमेश केसीको समेत उपस्थिति थियो । यसैबीच, गत भदौ १० गतेको भोटेकोशी बाढीमा परिवारका सदस्य गुमाएका नुवाकोट जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष प्रकाश जोशीको उपस्थितिमा दोस्रो चरणको खेल शुभारम्भ गरिएको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका ३२ खेलमध्ये २९ खेलको छनोट प्रक्रिया सम्पन्न गरिसकेको छ । बाँकी तीन खेल उसु, बुद्धिचाल र एथलेटिक्सको छनोट प्रक्रिया जारी रहेको परिषद्ले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि
Latest NewsJust now

एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि

धरान । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार राती सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई दुई-शून्य गोलले पराजित गर्दै एपिएफले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ...

हिमालय टाइम्स
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई
Latest NewsJust now

चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई

लहान । सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४२ रनले पराजित गर्दै वडा नं.४ च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं.४ ले निर्धारित खेलमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नं.५ को टोली ...

हिमालय टाइम्स
युरोपेली लिगमा रोमाञ्चक भिडन्त
Latest NewsJust now

युरोपेली लिगमा रोमाञ्चक भिडन्त

लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार १२औँ जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए । शनिबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेल्टाविरुद्ध पुनरागमन जित निकालेको हो । छैटौं मिनेटमै ...

हिमालय टाइम्स
कस्तो छ साेमबारको दिन तपाईको ?
Latest NewsJust now

कस्तो छ साेमबारको दिन तपाईको ?

२०८३ मंसिर ७ गते साेमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement