Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि
Photo / Coverage: हिमालय टाइम्स

धरान । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार राती सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई दुई-शून्य गोलले पराजित गर्दै एपिएफले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाउनुभयो । खेलको अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपिएफको जित सुनिश्चित भएको थियो । पहिलो संस्करणमै उपाधि जितेको एपिएफले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले पुरस्कारबारे जानकारी दिनुभएको हो । डी-१९ क्लब धरान-१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ गतेदेखि धरान रंगशालामा रात्रिकालीनरूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई
Latest NewsJust now

चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई

लहान । सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४२ रनले पराजित गर्दै वडा नं.४ च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं.४ ले निर्धारित खेलमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नं.५ को टोली ...

हिमालय टाइम्स
युरोपेली लिगमा रोमाञ्चक भिडन्त
Latest NewsJust now

युरोपेली लिगमा रोमाञ्चक भिडन्त

लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार १२औँ जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए । शनिबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेल्टाविरुद्ध पुनरागमन जित निकालेको हो । छैटौं मिनेटमै ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा

ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि ललितपुरमा सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ २० गरी ५५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुरको नखु दोबाटोस्थित जु जु सवाः नेवारी रेस्टुरेन्टको आँगनमा सञ्चालन भइरहेको प्रतियोगिता क्लासिकल विधामा केन्द्रित छ । यही मंसिर १६ देखि ...

हिमालय टाइम्स
कस्तो छ साेमबारको दिन तपाईको ?
Latest NewsJust now

कस्तो छ साेमबारको दिन तपाईको ?

२०८३ मंसिर ७ गते साेमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement