दशैँपछिको पहिलो कारोबारमै नेप्से ओरालो, चार अर्बको कारोबार

दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार १६८ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर ५.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर ७.९२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २३ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २० करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल प्रिमियर लिग : नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज
नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको क्रिकेट समर्थकहरूले बताएका छन् । एनपिएलको तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउनुका साथै नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्न सफल भएको उनीहरूको भनाइ छ । प्रतियोगितामा चर्चित विदेशी खेलाडीको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटको स्तर उकास्न सहयोग पुगेको समर्थकहरूले ...

प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन (तस्बिरहरू)
प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् । ...

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले गरेका हुन् । कार्यक्रममा भारतका विभिन्न सहरबाट २३ ...

एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन
उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् । ...


