Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

10/26/2026, 4:53:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले गरेका हुन् । कार्यक्रममा भारतका विभिन्न सहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी भएका छन् । उनीहरूलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रम आयोजना गरी स्वागत गरिएको थियो । कार्यक्रमअन्तर्गत भारतीय पर्यटन व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउनुका साथै सुनौली हुँदै लुम्बिनी, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका क्षेत्रमा भ्रमण गराइनेछ । आयोजक एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देश चिर्न कार्यक्रम आयोजना गरिएको बताए । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपाल असुरक्षित रहेको सन्देश फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उनको भनाइ छ । नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोले क्षति पुर्‍याए पनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएकाले पर्यटकलाई वास्तविक अवस्था जानकारी गराउन आवश्यक रहेको उनले बताए । ‘भोटेकोशीको बाढीपछि विश्वका विभिन्न देशबाट नेपालमा आउने पर्यटकहरूले आफ्नो नेपाल आउने कार्यक्रमलाई क्यान्सिल गर्ने गरेका कारण नेपालमा अहिले पर्यटकको संख्या कम भएको छ । गैरआवासीय नेपाली संघ र समृद्ध चितवनको संयुक्त पहलमा हामीले विशेषगरी भारतीय पर्यटकको आगमन बढाउन यो कार्यक्रमको आयोजना गरेका हौँ,’ सापकोटाले भने । उनका अनुसार भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने गरे पनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न सकेको छैन । गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको उनले जानकारी दिए । नेपालका केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको उल्लेख गर्दै सापकोटाले नेपाल सुरक्षित र घुम्नका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल सुरक्षित छ, घुम्नका लागि उपयुक्त छ । बाढीको समस्या सबै ठाउँमा होइन, केही जिल्लामा मात्रै भएको हो भन्ने सन्देश दिन हामीले भारतीय पर्यटन व्यवसायीलाई बोलाएका हौँ,’ उनले भने । कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटलको प्रवर्द्धन गरिनेछ । भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि नेपाल र भारतका पर्यटन व्यवसायीबीच छलफल गरिने आयोजकले जनाएको छ । कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै दुवै देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ । नेपाललाई सुरक्षित र पर्यटक स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटा लगायतका संस्थाले सहयोग गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे
OthersJust now

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे

अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । ...

अनलाइन खबर
पावरप्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट
OthersJust now

पावरप्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् । यसअघि लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका थिए भने तेस्रो… ...

अनलाइन खबर
एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
OthersJust now

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए । उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play