Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली

दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिणका जोगीकाे खुट्टा समातेर ढोग्ने, आफ्नै देशका विद्वानलाई  महत्त्व नदिने प्रवृत्ति बढेकाे छ : केपी ओली

काठमाडौं, कात्तिक १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा धार्मिक आस्था र व्यक्तिपूजाको प्रवृत्तिमाथि टिप्पणी गर्दै अहिले नक्कली भगवान् जन्मिने क्रम बढेको बताउनुभएको छ। उहाँले नेपाली विद्वान् तथा आफ्नै ज्ञान परम्परालाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भगवान् र देवतासम्बन्धी प्रचलित मान्यतामाथि व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवानहरु छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मन पाएनन्। तर अहिले नक्कली भगवान् जन्मिएर हैरान छ।” अध्यक्ष ओलीले बाहिरबाट आएका धार्मिक गुरु तथा जोगीलाई बढी महत्त्व दिने, तर आफ्नै देशका विद्वान् र उनीहरूले दिएका ज्ञान तथा विचारलाई अपेक्षित महत्त्व नदिने प्रवृत्ति रहेको पनि बताउनुभयो। उहाँका अनुसार नेपाली समाजमा विदेशी विद्वान्का विचार र लेखनलाई बढी उद्धृत गर्ने, तर नेपाली विद्वान्ले लेखेका ग्रन्थ तथा दिएका योगदानबारे पर्याप्त चर्चा नगर्ने प्रवृत्ति देखिन्छ। “दक्षिणतिरबाट जोगीहरू आए उनीहरूको खुट्टा समातेर ढोग्न मन लाग्ने, तर आफ्नै देशका विद्वान्लाई त्यति महत्त्व नदिने प्रवृत्ति छ,” उहाँले टिप्पणी गर्नुभयो। नेपाली विद्वान्का ज्ञान र योगदानलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै अध्यक्ष ओलीले भन्नुभयो, “आफ्ना कहाँका विद्वान् चाहिँ हामी त्यति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उद्धरण कमै गर्नुभएको होला, विदेशीकै उद्धरण गर्नुभएको होला।” अध्यक्ष ओलीको अभिव्यक्तिले नेपाली ज्ञान परम्परा, स्वदेशी विद्वान्को योगदान र समाजमा स्थापित हुँदै गएका धार्मिक तथा व्यक्तिपूजासम्बन्धी प्रवृत्तिमाथि बहसको विषय अघि सारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु
राजनीतिJust now

भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु

भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी)ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका ...

फरकधार
‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’
राजनीतिJust now

‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’

काठमाडौं । कांग्रेस महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकासको कोषमा सरकारको विवास्पद निर्णयप्रति कटाक्ष गरेका छन् । सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्त गरेको थियो । आनी छोइङको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद देखिएको विषयमा पौडेलले सरकारलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका हुन् । ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको […] ...

लोकपथ
जसपा नेपालका प्रदेश सचिव युसुफ अलिद्वारा राजीनामा
राजनीतिJust now

जसपा नेपालका प्रदेश सचिव युसुफ अलिद्वारा राजीनामा

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश समिति सचिव मो. युसुफ अलिले पार्टीको पद तथा साधारण सदस्यसमेत नरहने गरी मंगलबार राजीनामा... ...

गोरखापत्र
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
राजनीतिJust now

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

पोखरा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुन: संवाद थाल्ने जानकारी दिए । उनले ११३औँ बीपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play