Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

दक्षिण कोरियामा युवाको रोजगारी संकट गहिरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण कोरियामा युवाको रोजगारी संकट गहिरिँदै
Photo / Coverage: नेपालन्युज

सोल।दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखको दायरामा कायम रहेको छ। सेवा क्षेत्रका उद्योगमा रोजगारी बढे पनि होटल तथा रेस्टुरेन्ट र निर्माण क्षेत्रमा आएको गिरावटले श्रम बजारमा चुनौती देखिएको सरकारी तथ्याङ्कले जनाएको छ। दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्यांक मन्त्रालयका अनुसार अक्टोबरमा १५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा एक लाख ३९ हजार अर्थात् ०.५ प्रतिशतले बढेर २ करोड ९१ लाख ७९ हजार पुगेको छ। जुलाईदेखि लगातार रोजगारी वृद्धि १ लाखको दायरामा रहँदै आएको हो। १५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको समग्र रोजगारी दर ०.१ प्रतिशत बिन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ। तर १५ देखि ६४ वर्ष उमेर समूहको रोजगारी दर भने ०.३ प्रतिशत बिन्दुले बढेर ७०.४ प्रतिशत पुगेको छ। सन् १९८९ देखि तथ्याङ्क राख्न थालिएयता अक्टोबर महिनाका लागि यो उच्चतम दर हो। क्षेत्रगत रूपमा आवास तथा खाद्य सेवा क्षेत्रमा १ लाख ३७ हजार रोजगारी घटेको छ। उत्पादनमूलक उद्योगमा ७ हजार र निर्माण क्षेत्रमा ४२ हजार रोजगारी घटेको छ। निर्माण क्षेत्रमा लगातार ३० महिनादेखि रोजगारी घटिरहेको छ। यसको विपरीत स्वास्थ्य तथा सामाजिक कल्याण क्षेत्रमा २ लाख ४९ हजार, यातायात तथा भण्डारण क्षेत्रमा ४८ हजार र व्यावसायिक सुविधा व्यवस्थापन क्षेत्रमा ३७ हजार रोजगारी थपिएका छन्। युवा रोजगारीको अवस्था भने चिन्ताजनक देखिएको छ। अक्टोबरमा १५ देखि २९ वर्ष उमेर समूहका रोजगारीमा रहेका युवाको संख्या १ लाख ९६ हजारले घटेको छ। युवामा रोजगारी घट्ने क्रम लगातार ४८ महिनादेखि जारी छ। यसैबीच, बेरोजगारको संख्या ६ लाख २ हजार पुगेको छ भने बेरोजगारी दर २ प्रतिशतमा झरेको छ। आर्थिक रूपमा निष्क्रिय जनसंख्या भने एक लाख ७९ हजारले बढेर एक करोड ६२ लाख ९९ हजार पुगेको छ। –रासस /सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा
Latest NewsJust now

स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

काठमाडौं । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ वटा मोटरसाइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिहारका बेला शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका प्रहरी एकाइले विभिन्न स्थानमा गरेको सुरक्षा जाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर ...

केन्द्रबिन्दु
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
Latest NewsJust now

इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय

काठमाडाैँ। इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सरेका छन्। द न्युयोर्क टाइम्सले मंगलबार... ...

रातोपाटी
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
Latest NewsJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

काठमाडाैँ । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ। अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी... ...

रातोपाटी
५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा
Latest NewsJust now

५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

काठमाडौं।प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो। चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play