काठमाडौं । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ वटा मोटरसाइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिहारका बेला शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका प्रहरी एकाइले विभिन्न स्थानमा गरेको सुरक्षा जाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर छन्। ती सवारीसाधनको स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने बनाइएको पाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकल तथा स्कुटरमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन्।
स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_gqR9OjfVAt.jpg)



