Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम
Photo / Coverage: नेपालन्युज

भक्तपुर।विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्‍यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौंको संख्यामा पटाका पड्काएका थिए। पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर तथा पुराना संरचनामा आगलागी हुनसक्ने जोखिम समेत बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन्। सयौं वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर परिसरमा यसरी खुला रूपमा बारुदजन्य पटाका पड्काउँदा मन्दिरमा आगालागि हुन सक्ने स्थानीयको भनाई हो। स्थानीय केपी छुस्याकीले सामाजिक सञ्जाल फेसबुकमा पटका पडकाएको फोटो भाइरल भएपछि लेखेका छन्, सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने रहेछ। उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको फेसबुकमार्फत उल्लेख गरेका छन्। त्यस्तै, अनिल पाउँले टौमढीमा पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन्। मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइदा पटाकाको ठूलो आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणलाई सास्ती भएको थियो। पटाकाबाट निस्किएको धुवाँका कारण श्वास फेर्न कठिन भएको थियो। पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना समेत प्रत्यक्ष देखिएको थियो। समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुनबाट जोगिएको थियो। उक्त पटाका मन्दिरको पुरानो तथा मक्किएको काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ। घटनास्थलमा सुरक्षाकर्मी समेत उपस्थित थिए। पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफू संख्यामा कम र पटाका पड्काउने धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए। उनका अनुसार प्रहरीले दसैंदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना प्रवाह गर्दै आएको थियो। केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ। विश्वसम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी हो। पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ। टौमढीका स्थानीयबासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका स्थानीयवासी प्रभावित भएको बताए। राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्न नपाएको उनले गुनासो गरे। चाडपर्व मनाउने नाममा गरिएको यस्तो गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको स्थानीयको भनाइ छ। पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँले घरभित्रै बस्न असहज बनाएको थियो। पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन्। यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ। यसका साथै विश्व सम्पदा सूचिमा विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरका काठमा आगोको झिल्का परेर आगलागी भए त्यसको जिम्मेबारी कसले लिने भन्ने प्रश्नले धेरैलाई गम्भीर बनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। पटाकाबाट निस्कने धुवाँमा रहेका केही विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन्। यद्यपि एक पटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन, जोखिम मुख्यतः प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ। यस विषयमा आज हुने तिहारको अन्तिम दिन राति पनि यस्तै घटना नदोहोसिओस् भनेर सवैले अपेक्षा गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालगृहका बालबालिकाको सामूहिक भाइटीका
Latest NewsJust now

बालगृहका बालबालिकाको सामूहिक भाइटीका

म्याग्दी – यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति […] ...

काठमाण्डुपाटी
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा
Latest NewsJust now

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play