Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक

थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक

मुस्ताङ।लमजुङको बेंसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन्। यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ। गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन्। उक्त पदमार्गको थोरङ फेदी माथिको पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छाएर आवागमन सहज पारिएको थियो। मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर थोरङला पास पहुँचमार्गको हिउँ पन्छाएर राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको पदमार्ग सहज बनाइएको थियो। बर्सेनि दुई सिजन चल्ने पदमार्ग विदेशी पर्यटक अंग्रेजी वर्षको मे, जुन र जुलाइमा पदयात्रा गर्ने गर्छन्। एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले हिउँदयाम अघिको अक्टोबर र नोभेम्बरमा पनि उल्लेख्य विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आउने गरेको जनाए। थोरङ पास पदमार्ग हिउँ सफा गरेपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक मुस्ताङ आइपुगेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाइ छ। मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गर्ने सिजन सुरु भएकाले विदेशी पर्यटकको मनाङबाट आउने संख्या बढ्दै गइरहेको बताए। पर्यटकीय यामको सुरुवाती समयमै थोरङला पास क्षेत्रमा भारी हिमपात हुँदा उक्त पदमार्ग अवरुद्ध हुन पुगेको थियो। अध्यक्ष गुरुङका अनुसार मनाङ र मुस्ताङका पर्यटन व्यवसायी र सुरक्षाकर्मीले दुईतर्फी पदमार्गको हिउँ पन्छाइएपछि मनाङबाट मुस्ताङ प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि भएको हो। अध्यक्ष गुरुङका अनुसार थोरङला पास हुँदै दैनिक सय बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन्। बेनी–जोमसोम सडक मार्गबाट आउने पर्यटक घटे पनि थोरङला पास गरी आउने विदेशी पर्यटकको उपस्थितिले मुक्तिनाथका धेरैजसो होटलमा पर्यटक भरिन थालेको उनको भनाइ छ। यस वर्षको नोभेम्बर अन्तिमसम्म मनाङबाट थोरङला पासगरी विदेशी पर्यटक मुस्ताङ आउने सिजन भएको अध्यक्ष गुरुङले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

स्ट्रेट अफ होर्मुज र पश्चिम एसियाको संकटबारे इस्तानबुलमा युरोपेली तथा क्षेत्रीय विदेशमन्त्रीको बैठक
ताजा खबरJust now

स्ट्रेट अफ होर्मुज र पश्चिम एसियाको संकटबारे इस्तानबुलमा युरोपेली तथा क्षेत्रीय विदेशमन्त्रीको बैठक

इरान युद्धका कारण पश्चिम एसियामा बढ्दो तनाव, स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनको अवस्था र क्षेत्रीय सुरक्षाबारे छलफल गर्न युरोपेली तथा पश्चिम एशियाका सात देशका विदेशमन्त्रीहरू शुक्रबार टर्कीको इस्तानबुलमा भेला भएका... ...

रातोपाटी
पीएचपी समस्याले विश्वभर साइबर सुरक्षा जोखिम बढायो: समस्या कस्तो हो, र इन्टरनेटको भविष्य के हुन्छ?
ताजा खबरJust now

पीएचपी समस्याले विश्वभर साइबर सुरक्षा जोखिम बढायो: समस्या कस्तो हो, र इन्टरनेटको भविष्य के हुन्छ?

काठमाडौं । बुधबारदेखि युरोपका सरकारी कार्यालयका वेबसाइट एकपछि अर्को गर्दै बन्न थाले। नेदरल्यान्डको सरकारी पोर्टलदेखि फिनल्यान्डको सार्वजनिक सेवासम्म, धेरै मुलुकका अधिकारीहरूले आफ्ना डिजिटल ढोका एकैसाथ बन्द गरे। जापानमा एयरलाइन्स, रेल कम्पनी र ठूला बैंकका केही सेवा रोकिए। नेपालमा पनि राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाका वेबसाइटमा लगाइएका सेवा अस्थायी रूपमा बन्द गरेको सूचना दियो। यी सबैको जड एउटै हो: पीएचपी ...

लुम्बिनी सञ्चार
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
ताजा खबरJust now

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

अर्जेन्टिना।अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ। ६ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो। अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन्। मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा ...

नेपालन्युज
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन
ताजा खबरJust now

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play