म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

अर्जेन्टिना।अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ। ६ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो। अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन्। मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताएका छन्। म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा हृदयाघात र फोक्सोमा तरल पदार्थ जम्ने समस्याका कारण मृत्यु भएको थियो। मस्तिष्कको सानो शल्यक्रियापछि स्वास्थ्य लाभका लागि उनी ब्युनस आयर्स नजिकै टिग्रेस्थित निजी निवासमा बसेका थिए। अप्रिलमा सुरु भएको सुनुवाइमा ७० भन्दा बढी साक्षीले बयान दिएका थिए। अभियोजन पक्षले सात प्रतिवादीमध्ये ६ जनालाई चारदेखि १२ वर्षसम्म जेल सजाय माग गरेको छ। लुकेका लागि सबैभन्दा बढी १२ वर्ष सजाय माग गरिएको हो। उनको कानूनी टोलीले ध्वनि रेकर्डिङ, वैज्ञानिक लेख र शव परीक्षणको भिडियो प्रस्तुत गर्दै आफूलाई फसाइएको दाबी गरेको थियो। मुद्दाको मुख्य विषय म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्य लाभ गर्न दिने निर्णय लापरवाहीपूर्ण थियो वा थिएन भन्ने हो। अभियोजन पक्षले निवासमा अस्पतालको शैंया, मुटुको धड्कन नियमित गर्ने उपकरण र तत्काल उपलब्ध हुने एम्बुलेन्स जस्ता आधारभूत सुविधा नभएको विषयलाई लापरवाहीको प्रमाणका रूपमा प्रस्तुत गरेको छ। चिकित्सा विशेषज्ञहरूका अनुसार मृत्यु हुनुअघि म्याराडोनाको शरीरमा तरल पदार्थ जम्ने, मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने र सास फेर्न कठिनाइ हुने जस्ता गम्भीर लक्षण देखिएका थिए। हेरचाहकर्ताले ती संकेतप्रति समयमै ध्यान नदिएको उनीहरूले बताएका थिए। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर... ...

फुटबलका महान् खेलाडी म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा सुनाइने
• अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा लापरवाही गरेको आरोपमा सात स्वास्थ्यकर्मीमाथि मुद्दा चलिरहेको छ, जसको फैसला डिसेम्बर २२ मा सुनाइने भएको छ। • म्याराडोनाको छोरीले न्यायको आशा व्यक्त गरेकी छन्, जबकि मुख्य प्रतिवादी लियोपोल्डो लुकेले आफूलाई निर्दोष र बलिको बोका बनाइएको बताएका छन्। • अभियोजन पक्षले म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्यलाभ गर्न दिने निर्णयलाई लापरवाहीको रूपमा प्रस्तुत ...

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत मध्यप्रदेशका रामकान्त पहिलो
विजयादशमी महोत्सवअन्तर्गत तिलोत्तमामा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी ४४ जना पहलमानको सहभागिता थियो । ...

रासायनिक मलको विकल्प बन्दै गड्यौले मल
स्याङ्जा। कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन्। रासायनिक मलको अभावमा स्याङ्जाका कृषकले विकल्पको रूपमा गड्यौले मलको प्रयोग गर्नतर्फ आकर्षित भएका हुन्। गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सुक्ष्म पोषक तत्वलगायत सुक्ष्म तत्व अधिकमात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो। गड्यौले मल एक प्रकारको जैविक मल ...


