Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबै कार्यक्रममा ई-हाजिरीसहित सेमेस्टर प्रणाली लागू गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबै कार्यक्रममा ई-हाजिरीसहित सेमेस्टर प्रणाली लागू गर्ने तयारी
Photo / Coverage: टेक्नोलोजी खबर

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको कार्यक्रममा त्रिविको संस्थागत ब्रान्ड स्थापित र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषय केन्द्रित रही छलफल भयो। त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनुपर्ने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्नुपर्ने विषय उठाइयो। छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइयो। त्रिविका उपकुलपति प्रा डा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा अन्जना सिंह, रजिष्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीन सहभागी थिए। त्यसअवसरमा उपकुलपति प्रा डा थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए। उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सल्लाहकार झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। सम्बन्धन प्रदान गर्ने कार्यमा सङ्ख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले त्रिविसँग सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने बताए। क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै सल्लाहकार झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाइनुपर्ने उनले बताए। मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उहाँले जानकारी दिए। शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्न सधैँ तयार रहेको पनि उनले स्पष्ट पारे। The post त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबै कार्यक्रममा ई-हाजिरीसहित सेमेस्टर प्रणाली लागू गर्ने तयारी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल
TechnologyJust now

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।उनले आफ्नो फेसबुक खातामार्फत सडकको अवस्था सुधार गर्नुपर्नेमा खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न लगाउने एप बनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै ढकालले विकसित ...

आइसिटी समाचार
नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट
TechnologyJust now

नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो ।यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो । नेपाल ...

आइसिटी समाचार
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
TechnologyJust now

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । ई.मास ५ ले उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक (पिपुल्स च्वाइस) र उत्कृष्ट किफायती कार (एडिटर्स च्वाइस) विधामा अवार्ड प्राप्त गरेको हो ।पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका ...

आइसिटी समाचार
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव
TechnologyJust now

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने तयारीस्वरूप विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन् ।मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयले स्थापना तथा सञ्चालन गर्न लागेका अनुसन्धान केन्द्रका विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग ठोस र व्यावहारिक सुझाव मागेका हुन् ।उनका अनुसार औद्योगिक तथा कृषि, विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थकर खाद्य पदार्थ तथा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play