काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी २५औँ खेलमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले ७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २३ रन मात्रै बनाएको छ । जनकपुरका ब्याटरहरू लगातार आउट हुँदा टोली दबाबमा परेको छ । पछिल्लो पाँच ओभरमा टोलीले १५ रन जोड्दा तीन विकेट गुमाएको छ । जनकपुरको इनिङ्स ध्वस्त पार्ने क्रममा रञ्जितकुमारले ३ ओभरमा २ रन खर्चेर ३ विकेट लिएका छन् । उनले एक मेडन ओभरसमेत फालेका छन् । सिकन्दर राजाले २ ओभरमा ७ रन खर्चेर एक विकेट लिएका छन् ।
जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






