Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् । बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो । वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन् । वैभवीलाई बैङ्ककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन् । वैभवीलाई हालै मात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते
ताजा खबरJust now

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका ...

केन्द्रबिन्दु
देशभर १३ विपद्का घटना, एकको मृत्यु,  ८ जना घाइते
ताजा खबरJust now

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।... ...

रातोपाटी
त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
ताजा खबरJust now

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने

• स्याङ्जा स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसले संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राख्ने निर्णय गरेको छ। • ११ सदस्यीय निर्माण समिति गठन गरिएको छ, जसको अध्यक्ष अधिवक्ता तुलसी गिरी हुन्। • शिक्षाविद् लोकराज शर्माको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। ...

नेपालबहस
एनपीएल खेल्दै यी भेट्रान खेलाडी, जसका खेल हुनेछन् जादुमयी
ताजा खबरJust now

एनपीएल खेल्दै यी भेट्रान खेलाडी, जसका खेल हुनेछन् जादुमयी

काठमाडौं– यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार साँझ सुरु हुँदैछ । यस सिजनमा आफ्नो खेल देखाउन संसारभरिका धेरै स्टार नेपाल आइपुगेका छन् । यस पटकको चर्चा कुल ६ जना भेट्रान खेलाडी नेपाल आएका छन्, जो यस सिजनको एनपीएलमा छाउन सक्छन् । नेपाली खेलाडीमध्ये सबैभन्दा पाका खेलाडी सम्भवतः विनोद भण्डारी हुन् । विनोद भण्डारीले सुदूरपश्चिमका लागि खेल्ने गर्छन् । सन् २००९ मा ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play