तीन वर्षभित्र देशका ८ सहरमा फ्लडलाइटसहितकाे क्रिकेट रंगशाला बनाइनेछ: मन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाले नेपाली क्रिकेटलाई देशव्यापी बनाउन सहयोग पुग्ने उनको विश्वास छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै मन्त्री लम्सालले ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। उनले उक्त योजनाले एनपीएललाई देशका विभिन्न सहरमा विस्तार गर्नुका साथै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। साथै, योजनालाई सफल बनाउन नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्। एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। आठ प्रमुख सहरमा आधुनिक सुविधासहितका क्रिकेट रंगशाला निर्माण भएमा प्रतियोगिताका खेल देशका विभिन्न स्थानमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देशका ८ सहरमा फ्लडलाइट सहितका कम्तीमा ८ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । ...

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
अमेरिकाको तल्लो सदनको ‘वेज एण्ड मिन्स कमिटी’का सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। ...

बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ
काठमाडौं।बुबाको हत्या आरोपमा बर्दियामा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ का राजेन्द्र थारु रहेका छन्। ५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका थिए। उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगञ्ज बाँकेमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय राजापुरबाट ...

एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्, 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।' ...


