Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक, सेनाले विस्फोट गरेर हटायो चट्टान

तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक, सेनाले विस्फोट गरेर हटायो चट्टान

10/20/2026, 8:44:36 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक, सेनाले विस्फोट गरेर हटायो चट्टान

नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको यो ‘लाइफलाइन’ सडक गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहित पहिरो खसेपछि पूर्ण रूपमा ठप्प बनेको थियो । किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट १४१ किलोमिटर दूरीमा रहेको छुम्सुरको पहिरो हटाउन उत्तर-दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्ट र श्री इन्द्रदल गुल्मको सैनिक टोली परिचालन भएको आयोजनाले जनाएको छ । सामान्य उपकरणले ठूला चट्टान हटाउन सम्भव नभएपछि सैनिक टोलीले विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गरेर चट्टान फुटाएको थियो । त्यसपछि आयोजनाले गेग्रान र लेदो हटाएर सडक सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । “भौगोलिक अवस्थाका कारण पहिरो पन्छाउन अत्यन्त कठिन थियो,” गुरुङले भने, “चुनौतीपूर्ण परिस्थितिमा सेनाले ठूलो योगदान पुर्‍यायो ।” रसुवागढी, तातोपानी र कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण प्रभावित भइरहेका बेला किमाथाङ्का सडक खुल्दा उत्तरी सीमासँगको पारवहन र आवागमन सहज हुने अपेक्षा गरिएको छ । सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयको दैनिक आवागमन र खाद्यान्न ढुवानीमा सास्ती हुँदै आएको थियो । नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो जोगबनी–किमाथाङ्का सडक खण्डअन्तर्गत कडा चट्टानयुक्त १०.८ किलोमिटर ट्र्याक सेनाले नै हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर तयार पारेको थियो । गत वैशाखमा हस्तान्तरण गरिएको यो सडक सञ्चालनमा आएसँगै संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विपद् देखाएर ठूला जलाशययुक्त परियोजना नै बनाउन हुन्न भन्नु हास्यास्पद : डा. भट्टराई
OthersJust now

विपद् देखाएर ठूला जलाशययुक्त परियोजना नै बनाउन हुन्न भन्नु हास्यास्पद : डा. भट्टराई

३ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैका दिनमा नदीहरूमा आएको हिमपहिरो र विपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने आवाज उठ्नु विडम्बनापूर्ण भएको बताएका छन् । सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यसको स्वागत गर्दै उनको यो प्रतिक्रिया आएको हो… ...

अनलाइन खबर
क्रिकेटमा प्रविधिको नयाँ फड्को, एनपीएलमा डीआरएसकाे प्रयोग हुने
OthersJust now

क्रिकेटमा प्रविधिको नयाँ फड्को, एनपीएलमा डीआरएसकाे प्रयोग हुने

कीर्तिपुर मैदानमा यही कात्तिक ९ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) काे प्रयोग हुने भएको छ । नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई ...

पर्दाफास
विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने
OthersJust now

विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने

पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play