Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको मृत्यु

10/23/2026, 7:19:45 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको मृत्यु

तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण अन्य ३२ जना घाइते भएका चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर-पूर्वमा रहेको नागकु क्षेत्रको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पका कारण ३ सयभन्दा बढी घरहरू ढालेका छन् भने प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ। समुद्र सतहबाट करिब ४,८०० मिटरको उचाइमा रहेका दुर्गम गाउँ भूकम्पबाट बढी प्रभावित भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। चिनियाँ अधिकारीले आपत्कालीन अवस्थाको घोषणा गर्दै उद्धार टोलीहरू घट्नास्थलतर्फ परिचालन गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?
OthersJust now

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?

बेलायतका रक्षा मन्त्री वेस स्ट्रिटिङले मङ्गलबार एक लिखित बयान जारी गर्दै भनेका छन्, ‘यी विमानहरू रक्षात्मक भूमिकामा काम गर्नेछन् । हुथी विद्रोहीहरूविरुद्ध कुनै आक्रामक आक्रमण गर्ने छैनन् ।’ ...

अनलाइन खबर
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते
OthersJust now

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं, कात्तिक ६। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका–३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको ...

जनताटाइम्स
बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री
OthersJust now

बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री

बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन् १९७९ मा छात्रवृत्तिमा अस्ट्रेलिया पुगे। करिब पाँच दशकपछि उनको परिचय अस्ट्रेलियाली सरकारका अर्थशास्त्री मात्र होइन, त्यहाँको नेपाली समुदायलाई संगठित गर्ने अग्रजका रूपमा बनेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play