Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं, कात्तिक ६। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका–३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय विशाल यादव गम्भीर घाइते भएका छन्। उनलाई इनरुवा जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ। त्यस्तै, अर्को मोटरसाइकलका चालक भोक्राहा नरसिंह गाउँपालिका–४ का १९ वर्षीय सिद्धार्थ उराव र कोशी गाउँपालिका–१ का १९ वर्षीय रोहित उराव मध्यम घाइते भएका छन्। दुवै जनालाई इनरुवा जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?
OthersJust now

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?

बेलायतका रक्षा मन्त्री वेस स्ट्रिटिङले मङ्गलबार एक लिखित बयान जारी गर्दै भनेका छन्, ‘यी विमानहरू रक्षात्मक भूमिकामा काम गर्नेछन् । हुथी विद्रोहीहरूविरुद्ध कुनै आक्रामक आक्रमण गर्ने छैनन् ।’ ...

अनलाइन खबर
बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री
OthersJust now

बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री

बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन् १९७९ मा छात्रवृत्तिमा अस्ट्रेलिया पुगे। करिब पाँच दशकपछि उनको परिचय अस्ट्रेलियाली सरकारका अर्थशास्त्री मात्र होइन, त्यहाँको नेपाली समुदायलाई संगठित गर्ने अग्रजका रूपमा बनेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play