डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त गरेको थियो। कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ। उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन् । उनीहरूमा मौमिता हाल्डर (Moumita Halder), पियाली कोली (Piyali Koley), जजला त्रिवेद कुमार (Jajala Trived Kumar), आदित्य सिंघा (Aditya Singha), डिप्लिना बिस्वास (Diplina Biswas) र राजेश डे (Rajesh De) छन्। उनीहरू सबै भारतीय नागरिक हुन्। उनीहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आएका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन्। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ। मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते
१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको… ...

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाले गठन गर्यो ७ उपसमिति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सात वटा उपसमिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले उम्मेदवार छनोट रूपरेखालाई चुस्त रूपमा कार्यान्वयन गर्न विभिन्न जिम्मेवारीसहितका उपसमितिहरू गठन गर्नुका साथै उम्मेदवारी ...

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने
१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ। सिड्नी मेट्रोका अनुसार, यात्रुको सुविधाका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका चिह्न लगाउनेछन्। यसमा श्रवणशक्ति कमजोर… ...

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन
महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा पाँच हजार हेक्टर ...


