डेभिड मिलरले पनि एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हाे । टी–२० क्रिकेटका उत्कृष्ट फिनिसरमध्ये एक मानिने मिलर छक्का प्रहार गर्ने क्षमताका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै क्रमशः ४ हजार ७६२ र २ हजार ८०४ रन बनाएका छन् । सबैखाले टी–२० क्रिकेटमा ५८४ खेल खेलेका उनले १२ हजार ४३५ रन बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन् । मिलरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले ४८१ रन बनाएका थिए । उक्त सिजन गुजरातले पहिलो पटक आईपीएल उपाधि जितेको थियो । उनले सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए । यसअघि कर्णालीले पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानलाई पनि अनुबन्ध गरिसकेकाे छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ। प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन... ...

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ
जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने ...

साइबर ठगीका १९ प्रवृत्ति : कसरी जोगिने ठगिनबाट ?
काठमाडौँ । निजामती सेवाबाट अवकाश पाएका एक जना पूर्व कर्मचारीलाई अपरिचित नम्बरबाट यस्तो फोन आयो, ‘म बैङ्कबाट बोलेको तपाईँको केवाईसी अपडेट गर्नुपर्ने रहेछ ।’ सेवा अवधिभरको कमाई जम्मा गरेर राखेको... ...


