ट्रम्पको अभिव्यक्तिले क्युबामा बढायो अमेरिकी आक्रमणको आशंका

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धबाट फर्किने क्रममा अमेरिकी युद्धपोतहरू क्युबाको तटनजिक पुग्न सक्ने संकेत गरेको छ । फ्लोरिडामा शुक्रबार आयोजित मध्यावधि निर्वाचनको सभामा उनले क्युबालाई पनि आफ्नो ध्यानमा राख्ने बताएका हुन् । ट्रम्पले भने, “इरानबाट फर्किने क्रममा हामी क्युबालाई पनि हेर्नेछौँ । हाम्रा शानदार युद्धपोतहरू क्युबाको तटनजिकै भएर गुज्रिनेछन्,” उनले भने, “हामी तीमध्ये एउटालाई तटबाट करिब ५० यार्डको दूरीमा रोक्नेछौँ । उनीहरूले हात उठाउनेछन् र त्यसपछि हामी मार्को रुबियोलाई त्यहाँ पठाउनेछौँ ।” ट्रम्पको अभिव्यक्तिप्रति क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल एक्समा उनले क्युबाप्रति अमेरिकाको नियतसँग जोडिएका सबै धम्की अस्वीकार गरेका छन् । उनले लेखेका छन्, “हाम्रा समुद्री तटमा सुन्दर समुद्रतट मात्र छैनन्, चुनढुंगाका तिखा चट्टान पनि छन् । खराब नियत र प्रभुत्व जमाउने चाहनासहित यहाँ आउनेहरूका लागि यो ठाउँ अनुकूल छैन ।” यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा सकारात्मक परिवर्तन चाहने नागरिकलाई अमेरिकी गुप्तचर संस्था सीआईएसँग गोप्य रूपमा सहकार्य गर्न आह्वान गरेका थिए । उनले भ्रष्टाचार, पूरा नभएका वाचा र सीमित व्यक्तिको विलासी जीवनशैलीबाट आजित भएकाहरूलाई परिवर्तनका लागि यो अवसर उपयोग गर्न आग्रह गरेका थिए । यसैबीच, ट्रम्प प्रशासनले क्युबामाथि आर्थिक दबाब बढाउँदै निर्माण, खानी तथा धातु क्षेत्रका नौ सरकारी कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको छ । क्युबा भ्रमण गर्ने अमेरिकी नागरिकलाई त्यहाँका सरकारी कम्पनीसँग व्यापार गर्न रोक लगाउने नियमसमेत कडा पारिएको छ । ट्रम्पले क्युबामा सत्ता परिवर्तनको सम्भावनाबारे यसअघि पनि पटक–पटक संकेत गरेका छन् । यसै वर्ष मे २ मा ‘द फोरम क्लब अफ द पाम बिच’को रात्रिभोज कार्यक्रममा उनले अमेरिकाले चाँडै क्युबामाथि नियन्त्रण कायम गर्न सक्ने दाबी गरेको थिए । उनले क्युबामा गम्भीर समस्या रहेको टिप्पणीसमेत गरेका थिए । फर्स्ट पोस्ट
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्याउन ३० जना मनोनीत गर्नुपर्ने
तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...


