Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताए । विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका उनका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ । पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । धौलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठमाडौंमा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही
ताजा खबरJust now

काठमाडौंमा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ चालक कारबाहीमा परेका छन् । त्यस्तै, सीसी क्यामरामार्फत ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको छ । तीव्र गतिमा […] ...

लोकपथ
गौतमबुद्ध क्रिकेट रंगशाला समयमै नसकिने, म्याद थपको तयारी
ताजा खबरJust now

गौतमबुद्ध क्रिकेट रंगशाला समयमै नसकिने, म्याद थपको तयारी

निर्माण अवधि सकिन साढे दुई महिना बाँकी हुँदा भौतिक प्रगति ६० प्रतिशत मात्रै पुगेको छ र कम्पनीले छ महिना म्याद थप माग्ने तयारी गरेको छ। ...

कान्तिपुर
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
ताजा खबरJust now

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

• बंगालको खाडीमा विकसित चक्रवाती आँधीको प्रभावले नेपालमा आगामी साता २०० मिलिमिटर वर्षा हुन सक्ने चेतावनी दिइएको छ। • मौसमविद्हरूले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम बढ्न सक्ने बताएका छन्, जसले यात्रा र कृषि गतिविधिमा असर पार्न सक्छ। • नेपालमा वर्षाको मात्रा र प्रभावको बारेमा अझै निश्चित जानकारी उपलब्ध नभएको र सतर्क रहन अनुरोध गरिएको छ। ...

नेपालबहस
प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशमै अलमल, १८ कम्पनीको आवेदन ४ महिनादेखि मूल्यांकनमै
ताजा खबरJust now

प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशमै अलमल, १८ कम्पनीको आवेदन ४ महिनादेखि मूल्यांकनमै

नेपाल विद्युत् प्राधिकरणले चारवटा प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन मागेको आशयपत्रमा १८ कम्पनीले आवेदन दिएका छन् । अनुमति हस्तान्तरण र लगानीसम्बन्धी सर्तमा स्पष्टता नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play