ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते

सुनसरी । सुनसरीमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। शनिबार साँझ बराहक्षेत्र नगरपालिका–३ कुपीखोलास्थित भित्री सडकमा ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००५ ह ०२५६ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८११२ नम्बरको मिनिट्रकले ठक्कर दिएको हो। सामान्य घाइतेको नगर अस्पताल चक्रघट्टीमा उपचार भइरहेको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मिनिट्रकसहित चालक भारतको सदापुर जिल्ला, काठ बजार बस्ने ३२ वर्षीय इस्पाल सिंहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। घाइतेहरूको विवरण नगर अस्पताल चक्रघट्टीमा उपचार भइरहेका घाइतेहरु:१. जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय सिटी सफारी चालक लोकेन्द्र अधिकारी। (अवस्था सामान्य)२. जिल्ला सुनसरी बराहक्षेत्र न.पा.-५ बस्ने १६ वर्षीय रूपेश कार्की । (अवस्था सामान्य)३. जिल्ला सुनसरी बराहक्षेत्र न.पा.-५ बस्ने १८ वर्षीया रूविना कार्की। (अवस्था सामान्य)४. जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–४ बस्ने २४ वर्षीया सुनिता परियार। (अवस्था सामान्य) थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको घइतेहरु:५. ऐ. सुनिता परियारकी ३ वर्षीया छोरी सिरिया परियार ।( अवस्था मध्यम)६. ऐ. सुनिता परियारकी ६० दिनकी छोरी सन्ध्या परियार । (अवस्था मध्यम)७. जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–४ बस्ने १२ वर्षीया सृष्टि परियार । (अवस्था मध्यम)८. जिल्ला सुनसरी बराहक्षेत्र न.पा.-५ बस्ने ३५ वर्षीया अम्बिका कार्की ।( अवस्था मध्यम)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण
दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ। ...

न्युयोर्कसँग इन्टर मियामी स्तब्ध
काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा आइतबार आरबी न्युयोर्क एफसीसँग २–० ले पराजित भएको छ । स्पोर्ट्स इलस्ट्रेटेड रंगशालामा घरेलु टोली न्युयोर्कलाई जित दिलाउन इमिल फोर्सबर्गले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलको सातौँ मिनेटमै मियामीका मिडफिल्डर क्यासिमिरोबाट आत्मघाती गोल हुनपुग्दा न्युयोर्कले अग्रता लिएको थियो । इन्जुरी समयमा फोर्सबगले न्युयोर्कको अग्रता दोब्बर बनाए । खेलमा ...

इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
अमेरिकाले पूरै देश नियन्त्रणमा लिन र त्यहाँको सम्पूर्ण तेल कब्जा गर्नसक्ने दाबी गरेका छन्। ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । ...


