काठमाडौं।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा निधन भएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो। दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






