टेस्लाले सार्वजनिक गर्यो नयाँ रोडस्टर, हावामै स्टन्ट गर्न सक्ने दाबी

काठमाडौं। अमेरिकी विद्युतीय वाहन निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ। सन् २०१७ मा पहिलो अवधारणा सार्वजनिक भएको करिब ९ वर्षपछि कम्पनीले यसलाई पर्फर्मेन्स, थ्रस्ट र रकेट गरी तीन वटा भेरियन्टमा प्रस्तुत गरेको हो। सबैभन्दा उन्नत मानिएको रकेट मोडलमा विशेष थ्रस्टर्स जडान गरिएको छ। कम्पनीले प्रदर्शन गरेको डेमोअनुसार यो कारले हावामा पल्टिने, उल्टो चल्ने र ब्यारेल रोलजस्ता जटिल स्टन्टहरू गर्न सक्छ। रकेट मोडलले ०.५९ सेकेन्डभन्दा कम समयमै ० देखि ६० माइल प्रतिघण्टाको गति समात्न सक्ने दाबी गरिएको छ। त्यस्तै, पर्फर्मेन्स मोडल सडकमा चलाउन मिल्ने गरी दुई सिट क्षमतामा निर्माण गरिएको छ। यसमा एक्टिभ एरोडायनामिक्स र मल्टी-मोड सक्सन सिस्टम जडान गरिएको छ, जसले १.६ सेकेन्डभन्दा कम समयमा ६० माइल प्रतिघण्टाको गति लिन सक्छ। रेस ट्र्याकका लागि तयार पारिएको थ्रस्ट मोडलमा कोल्ड-ग्यास थ्रस्टर्स राखिएको छ, जसले ०.९ सेकेन्डभन्दा कम समयमा उक्त गति समात्न सक्छ। टेस्लाका अनुसार यी कारहरूको टप-स्पिड २३० माइल प्रतिघण्टाभन्दा बढी छ भने एक पटकको फुल चार्जमा ४८३ किलोमिटरसम्मको रेन्ज दिनेछन्। स्पेसएक्सको थ्रस्टर प्रविधिमा आधारित यस गाडीमा कार्बन-फाइबर ओभरव्र्याप्ड भेसलमा कम्प्रेस गरिएको ग्यास भण्डारण गरिन्छ। तौल नियन्त्रणका लागि म्याग्नेसियम, टाइटेनियम र कार्बन फाइबरजस्ता हलुका धातुहरूको प्रयोग गरिएको छ। टेस्लाले हालसम्म यस कारको आधिकारिक ब्याट्री क्षमता वा मोटर आउटपुटबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। यद्यपि, कम्पनीले सन् २०२८ बाट यसको व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ। हाल प्रदर्शन गरिएको गाडी कन्सेप्ट मोडल भए पनि कम्पनीले यसको बुकिङ भने खुला गरिसकेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


