टाइगर श्राफको कारमा गोली चलाएर नेपाल भाग्ने योजना, २४ घण्टाभित्रै पक्राउ परे तीन अभियुक्त

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेर नेपाल भाग्ने तयारीमा रहेका तीन अभियुक्तलाई भारतीय प्रहरीले राजस्थानको कोटाबाट पक्राउ गरेको छ । घटनाको करिब २४ घण्टाभित्रै पक्राउ परेका उनीहरूमध्ये एक जना नाबालिगसमेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजस्थानको कोटा प्रहरीले सोमबार बिहान रेलमार्ग हुँदै दिल्ली पुगेर नेपाल भाग्ने तयारीमा रहेका तीनै जनालाई पक्राउ गरेको हो । कोटा सहरकी प्रहरी अधीक्षक (एसपी) तेजस्विनी गौतमका अनुसार मुम्बई प्रहरीबाट बिहान करिब ९ः४५ बजे सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । त्यसपछि पुणे–जयपुर एक्सप्रेसमा खोजी गर्दा करिब १५ मिनेटभित्रै उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा हरियाणाको सोनीपतका रेहान, बिहारको बेगुसरायका ऋतिक कुमार उर्फ रोशन र एक नाबालिग छन् । ऋतिक मुम्बईमा राइड सेयरिङ सेवा ¥यापिडोका चालकका रूपमा काम गर्दै आएका थिए भने अन्य दुई जना मजदुरीमा संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रारम्भिक सोधपुछमा उनीहरू मुम्बईबाट रेल चढेर जयपुर हुँदै दिल्ली पुग्ने र त्यसपछि नेपाल भाग्ने योजनामा रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि मुम्बई प्रहरीको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ । गोलीकाण्डको अनुसन्धानमा नयाँ मोडअक्टोबर १८ आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर श्राफको कारलाई लक्षित गरी गोली प्रहार भएको थियो । घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र अर्का एक व्यक्ति घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेकामध्ये रेहानको अनिल पण्डितसँग सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार अनिल पण्डितको लरेन्स बिश्नोई समूहसँग सम्बन्ध रहेको बताइएको छ । तर, उक्त सम्पर्क र टाइगर श्राफमाथिको गोलीकाण्डबीचको सम्बन्धबारे विस्तृत अनुसन्धान हुन बाँकी छ । प्रहरीले घटनामा प्रयोग भएको हतियार भने पक्राउ परेका अभियुक्तबाट तत्काल बरामद गर्न नसकेको जनाएको छ । गोली प्रहारको उद्देश्य, घटनामा अन्य व्यक्तिको संलग्नता र कथित आपराधिक सञ्जालको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ । तीनै अभियुक्त पक्राउ परेसँगै घटनाको अनुसन्धानले नयाँ मोड लिएको छ । अब मुम्बई प्रहरीले उनीहरूमाथि गर्ने विस्तृत सोधपुछबाट गोलीकाण्डको योजना, त्यसमा संलग्न अन्य व्यक्ति र नेपाल भाग्ने तयारीको वास्तविकताबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भोटेकोसी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोसी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सि... ...

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन
रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । ...

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । ...

फ्रान्समा सुरक्षा असफलताको स्वीकारोक्ति: २ हजार ४०० पक्राउ, गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौं । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध उर्लिएको जनप्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रों सरकारमाथि दबाब चुलिएको छ। देशभर भएको प्रदर्शनका क्रममा २ हजार ४०० जनाभन्दा बढी पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र व्यापक तोडफोड भएपछि सरकारको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापनमा ...


