टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि ब्याटिङ गर्दै पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो । गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो । यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपिएल मैदानमा दर्शकको खुसी (तस्वीरहरू)
खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् । ...

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि
स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ । ...

एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ ...

भूपिन र जुनु रानाको किताबलाई विमल गुरुङ कृति पुरस्कार
कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरेको छ । ...


