एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो । गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो । यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको छ। ऐरीले पाेखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरे। जसमा ४ चाैका र २ छ्क्का सामेल छन् । यसअघि जारी एनपीएलकाे पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए। ...

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको ...




