काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा स्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८५ करोड ८४ लाख ९८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । आजको दिन नेप्सेमा नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ । यस्तै, सिबिल बैंक डिबेञ्चर २०८८ का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३४ प्रतिशतले घटेको छ । कुल ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
झिनो अंकले बढ्यो नेप्से परिसूचक

Read Complete Original Article
Published originally on टक्सार






