Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ज्ञानेन्द्रको शाही आयोगबाट पनि न्याय पाएको थिएँ, अहिले पनि न्याय पाउने विश्वास छ : शेरबहादुर देउवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ज्ञानेन्द्रको शाही आयोगबाट पनि न्याय पाएको थिएँ, अहिले पनि न्याय पाउने विश्वास छ : शेरबहादुर देउवा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विगतमा राजनीतिक प्रतिशोधको सामना गर्दा पनि न्यायालयबाट न्याय पाएको स्मरण गर्दै अहिले पनि आफूहरूमाथि न्याय हुने विश्वास व्यक्त गर्नुभएको छ । देउवाले जेनजी आन्दोलनका नाममा समाज कब्जा गर्ने प्रयास भएको टिप्पणी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले पार्टीको विधानअनुसार नियमित महाधिवेशन भइरहेको उल्लेख गर्नुभयो । साथै, विशेष अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसको विधान राम्ररी अध्ययन गरे विशेष अधिवेशन विधानसम्मत नभएको स्पष्ट हुने दाबी गर्नुभयो । राजतन्त्रकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूविरुद्ध शाही आयोग गठन गरी जेल पठाएको प्रसंग स्मरण गर्दै देउवाले त्यसबेला पनि न्यायालयबाट न्याय पाएको बताउनुभयो । अहिले गणतन्त्रमा न्यायालय रहेकाले आफूहरूमाथि पनि न्याय हुने उहाँको विश्वास थियो । ‘ज्ञानेन्द्रले बनाएको शाही आयोगले जेल पठाउँदा पनि अदालतले न्याय दियो । अहिले पनि अपेक्षा छ,’ उहाँले भन्नुभयो । देउवाले जेनजी आन्दोलनका क्रममा समाजमा कब्जा जमाउने प्रयास भएको टिप्पणी गर्दै लोकतान्त्रिक व्यवस्था र राज्यका संस्थाहरू कमजोर हुन नदिन सबै सचेत हुनुपर्ने बताउनुभयो । कांग्रेसले देश र जनतामाथि संकट आइपर्दा सधैँ जनताको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उहाँले विभिन्न आन्तरिक तथा बाह्य चलखेलका बीच पनि पार्टी आफ्नो मूल राजनीतिक धारबाट विचलित नभएको दाबी गर्नुभयो । आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै देउवाले बाँकी जीवन देशको सेवामा समर्पित गर्ने बताउनुभयो । पाँचपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै अब व्यक्तिगत पद र प्रतिष्ठाभन्दा लोकतन्त्रको सुदृढीकरण आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ थियो । ‘मैले पाउने सबै पाइसकेँ । पाँचपटक प्रधानमन्त्री भइसकेँ । त्योभन्दा पाउने के हो ? अब मैले देशलाई दिने हो,’ उहाँले भन्नुभयो, ‘मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो । लोकतन्त्रको विकासका लागि लाग्ने हो । देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो ।’ लोकतन्त्रका आधारभूत सिद्धान्त, मूल्य र मान्यतालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै उहाँले लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन राजनीतिक दल र नागरिक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनका क्रममा आफूहरूमाथि आक्रमण भएको प्रसंग उल्लेख गर्दै देउवाले सुरक्षा निकायको सहयोगका कारण ज्यान जोगिएको बताउनुभयो । ‘मलाई बचाएको कुरा सत्य हो । झन्डै मारिसकेका थिए । सुरक्षा निकाय नभएको भए हामी बाँच्ने पनि थिएनौँ,’ उहाँले भन्नुभयो । अधिवेशन उद्घाटन समारोहमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो । नेताहरूले जिल्लाको राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा पार्टीको आगामी रणनीतिबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी अधिवेशनमा उपस्थित रहेको निर्वाचन समितिका संयोजक अनिता शर्माले जानकारी दिनुभयो । प्रदेश सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सभापति पदमा प्युठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसाल प्रतिस्पर्धामा उत्रिनुभएको छ । यसअघि प्रदेशको संयोजकको जिम्मेवारी गेहेन्द्र गिरिले सम्हाल्दै आउनुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए
PoliticsJust now

प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री... ...

सिंहदरबार न्युज
प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा महत्वपूर्ण छलफल तथा सहमति भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचनपछि […] ...

काठमाण्डुपाटी
प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ
PoliticsJust now

प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ

काठमाडौं, मंसिर ७ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गर्ने सरकारी प्रयास तत्काल बन्द गर्न सरकारसँग कडा माग गरेको छ। काभ्रेको धुलिखेलमा सम्पन्न सरोकारवालाहरूको सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित गर्दै महासंघले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र न्यायपालिकामाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको हो। महासंघले मंसिर ५ र ६ गते धुलिखेलमा आयोजना गरेको सम्मेलन तथा ...

जनताटाइम्स
एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा
PoliticsJust now

एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणमा जाँदा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन गरेको भन्दै चर्को आलोचना खेपेका कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ यसपटक भने चम्किलो रिफ्लेक्टिभ ज्याकेट लगाएर प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थल पुगेका छन् । प्रधानमन्त्री शाह भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा सोमबार राति श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाज पार्किङ क्षेत्र (एप्रोन एरिया) मा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement