Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उचित उपचारको व्यवस्था गर्न देशका सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था यस्तै रहे ज्यानसमेत जान सक्ने चेतावनी दिएका छन् । इमरानका वकिल सलमान सफदरले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा उनले लामो समयदेखि एकान्त कारावासमा राखिएको र आवश्यक उपचार नपाएको आरोप लगाएका छन् । ७४ वर्षीय इमरानले आफ्नो रक्तचाप खतरनाक अवस्थामा पुगेको र चिकित्सकहरूले मस्तिष्कघात तथा हृदयाघातको जोखिम रहेको बताएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘७४ वर्षको उमेरमा पनि यस्तो अवस्था निरन्तर रहँदा म यस्तो स्थितिमा पुग्दै छु, जहाँबाट सायद जीवित फर्कन सक्ने छैन ।’ उनले पत्नी बुशरा बीबीको आँखाको ज्योति कमजोर हुँदै गएको भन्दै उपचारको व्यवस्था गर्न माग गरेका छन् । बुशराको गत अप्रिलमा आँखाको पर्दासम्बन्धी समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । तर त्यसपछि उनलाई पुनः एकान्त कारावासमा राखिएको र चिकित्सकसँग भेटघाट तथा स्वास्थ्य विवरण हेर्नसमेत नदिइएको इमरानको आरोप छ । इमरानले सर्वोच्च अदालतले गत अगस्ट १८ मा आफूलाई इस्लामाबादस्थित शिफा अन्तर्राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्न, स्वास्थ्य परीक्षणका लागि चिकित्सक टोली गठन गर्न र परिवारसँग भेटघाटको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको बताएका छन् । उनले आफूलाई दैनिक २२ घण्टासम्म एकान्त कारावासमा राख्ने गरिएको र परिवार तथा वकिलसँगको भेटघाट, पुस्तक पढ्ने तथा टेलिभिजन हेर्ने सुविधासमेत सीमित गरिएको दाबी गरेका छन् । यसैबीच, तोशाखाना–२ मुद्दामा इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । सन् २०२१ मा साउदी युवराजले उपहार दिएको महँगो बुल्गारी गरगहनाको खरिदसँग सम्बन्धित यो मुद्दामा फैसला भएको हो । इमरान सन् २०२३ अगस्टदेखि विभिन्न मुद्दामा जेलमा छन् भने उनकी पत्नीलाई सन् २०२५ जनवरीमा भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने उनीमाथिको कानुनी कारबाही राजनीतिक प्रेरित रहेको आरोप लगाउँदै आएको छ । The post जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘पासो’ थापेर चोरीशिकारी, वन्यजन्तुको संरक्षणमा चुनौती थपियो
Latest NewsJust now

‘पासो’ थापेर चोरीशिकारी, वन्यजन्तुको संरक्षणमा चुनौती थपियो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीशिकार हुने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वर्षेनी ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि वन्यजन्तुको चोरीशिकार रोकिएको छैन । आयोजना कार्यालयको आँकडा अनुसार गत आव २०८२–०८३ मा मात्र संरक्षण क्षेत्रभित्रबाट ३४३ पासो हटाइएको थियो । आव २०८१–०८२ मा १७३ […] ...

लोकपथ
नइ एकेडेमी अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान
Latest NewsJust now

नइ एकेडेमी अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ। अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट सम्मान गरिएको सस्थाले जनाएको छ। बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा कृष्ण हमाल... ...

नेपालखबर
तीनदिने भ्रमणका लागि भारत आइपुगे राजकुमार विलियम र क्याथरिन
Latest NewsJust now

तीनदिने भ्रमणका लागि भारत आइपुगे राजकुमार विलियम र क्याथरिन

मुम्बई । बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो अवसर हो। मुम्बईबाट भ्रमण सुरु गरेका उनीहरू मंगलबार राजकुमार विलियमले स्थापना गरेको ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुनेछन्। जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्ने यस पुरस्कारका पाँच ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play