जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने

कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको थिए । गड्डाचौकीबाट उहाँ भारततर्फ प्रस्थान गर्नु भएको छ । ‘यो मेरो विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण हो, म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ´, लामिछानेले भन्नुभयो । भारत प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताउनुभयो । व्यक्तिगत विषयलाई राजनीतिक घटनाक्रमसँग जोडेर अनावश्यक बहस नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘कुनै राजनीतिक भेटघाट छैन, कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ, त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’ लामिछानेले व्यक्तिगत जीवन र राजनीतिक भूमिकालाई फरक रूपमा बुझिदिन आग्रह गर्दै आफ्नो भ्रमणलाई राजनीतिक अर्थ नलगाउन आग्रह गर्नु भएको छ । तीनदिने भारत भ्रमणमा पत्नी निकितासहित निस्कनु भएका लामिछानेको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहँदा उहाँले भ्रमणको उद्देश्य व्यक्तिगत रहेको बताउनुभएकाे छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

साताको अन्त्यमा देशभरको मौसम बदली हुने, हिमालमा भारी हिमपात र पहाड–तराईमा वर्षाको सम्भावना
नेपाल कृषि अनुसन्धान परिषद्ले मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको बुलेटिनका अनुसार साताको सुरू (शुक्रबार र शनिबार) र मध्य (आइतबार, सोमबार र मंगलबार) मा देशभरको मौसम सामान्य रहे पनि साताको अन्त्य (बुधबार र बिहीबार) मा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । यस साता देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम हल्का घट्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा ...

एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न दर्शकले यसअघिका चरणभन्दा नकआउट र फाइनलमा दोब्बर मूल्यको टिकट किन्नुपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टिकटको मूल्य सार्वजनिक गर्दै लिग चरण र नकआउट चरणका खेलका लागि फरक–फरक दर निर्धारण गरेको हो । क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ ...

पीएचपीको सुरक्षा कमजोरीले बैंकिङ क्षेत्रमा त्रास: राष्ट्र बैंकदेखि वाणिज्य बैंकसम्मका वेबसाइट बन्द
विश्वभरका वेबसाइट र वेब प्रणाली निर्माणमा व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालको बैंकिङ क्षेत्र प्रभावित भएको छ । सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच र ग्राहकका संवेदनशील विवरण चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकसहित अधिकांश वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा वेबमा आधारित विभिन्न सेवा अस्थायी रूपमा बन्द गरेका छन् । सुरक्षा जोखिम न्यूनीकरणका लागि ...


