जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मंगलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहिआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मनाइयो ब्रम्हायणी जात्रा, बालियो बत्ती (तस्वीरहरु)
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ । ...

सलमान खान थिए निशानामा, टाइगरलाई आक्रमण गर्नुअघि सलमानको घरको रेकी
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’को रेकी गरेका थिए । तर, सलमानको घरबाहिर कडा सुरक्षा व्यवस्था देखेपछि उनीहरूले आफ्नो योजना परिवर्तन गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । सलमानलाई छाडेर टाइगरलाई बनाए निशाना समाचारअनुसार, टाइगरमाथि… ...

पहाड र तराई–मधेशमा दशैँको टीका परम्परा फरक, आशीर्वादको अर्थ उस्तै
विजयादशमीमा पहाडमा जस्तो निधारमा रातो टीका र जमरा लगाउने चलन तराई–मधेशमा व्यापक छैन । तर परिवारका अग्रजले आफूभन्दा कान्छालाई आशीर्वाद दिने र विजयको उत्सव मनाउने परम्परा भने दुवै क्षेत्रमा समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । राकेशका अनुसार तराई–मधेशमा पनि विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई टीका लगाइदिने र आशीर्वाद दिने चलन छ । तर पहाडी क्षेत्रमा देखिने रातो टीका, अक्षता ...

दशैंमा चम्कियो जमराको व्यापार
घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौसमी व्यापारको राम्रो ...


