जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ। जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो। तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ। कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए। कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो। हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री साह
नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। ...

आज टीका लगाउन मौसमको साथ, यस्तो छ मौसम महाशाखाको अपडेट
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार हाल देशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा रहेको छ। तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा भने अहिले बिहान हुस्सु/कुहिरो लागेको छ। मौसम महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम ... ...

विजयादशमीले सांस्कृतिक सम्बन्ध पुस्तान्तरणमा सहयोग पुर्याउँछ : मुख्यमन्त्री कार्की
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी पर्वले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्दै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वले सबैलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन् । विजयादशमीको अवसरमा ...

विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म
विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ। ...


