विजयादशमीले सांस्कृतिक सम्बन्ध पुस्तान्तरणमा सहयोग पुर्याउँछ : मुख्यमन्त्री कार्की

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी पर्वले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्दै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वले सबैलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन् । विजयादशमीको अवसरमा जारी शुभकामना सन्देशमा उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा बडादसैँजस्ता चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले मौलिक चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र नभई सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधारसमेत रहेको बताएका छन् । “हाम्रा मौलिक चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधार पनि हुन्,” उनले सन्देशमा भनेका छन् । यस्ता पर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको भावना जागृत गराउँदै सुखी, समुन्नत र समृद्ध समाज निर्माणका लागि सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको विश्वास छ । विविधतायुक्त नेपाली समाजमा चाडपर्वले पारस्परिक सद्भाव र सामाजिक एकतालाई बलियो बनाउनुका साथै मौलिक संस्कृति, परम्परा र सांस्कृतिक मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग गर्ने उनको सन्देशको आशय छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैंको टीका : आस्था र आत्मीयताको परम्परा
काठमाण्डु – दसैंमा टीका लगाउने परम्परा नेपाली समाजको धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक निरन्तरतासँग जोडिएको महत्वपूर्ण परम्परा हो। विजयादशमीका दिन मान्यजन तथा ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन पुस्तौँदेखि चलिआएको छ। यो केवल धार्मिक संस्कार नभई परिवारका सदस्यबीचको आत्मीयता, सम्मान र शुभेच्छा आदानप्रदान गर्ने अवसर पनि हो। दसैंको मुख्य दिन विजयादशमीमा […] ...

दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सबैलाई आफूभित्रका कमजोरीमाथि विजय हासिल गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाउन दसैँले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् । उनले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील ...

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा
बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए। ...

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ। जिल्ला ...


