Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/जापानी नागरिकलाई राजदूत, तिब्बती नागरिकलाई लुम्बिनी विकास कोषको जिम्मा ! : महेश बस्नेत

जापानी नागरिकलाई राजदूत, तिब्बती नागरिकलाई लुम्बिनी विकास कोषको जिम्मा ! : महेश बस्नेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानी नागरिकलाई राजदूत, तिब्बती नागरिकलाई लुम्बिनी विकास कोषको जिम्मा ! : महेश बस्नेत

काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका सचिव महेश बस्नेतले जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा र लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मालाई लक्षित गर्दै सरकारको निर्णयमाथि प्रश्न उठाउनुभएको छ। बस्नेतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेख्नुभएको छ, ‘जापानीज नागरिकलाई नियुक्ति दियौ जापानको राजदूत, तिब्बती नागरिकलाई जिम्मा लायौ लुम्बिनी क्षेत्र विकास कोष ! बालेन सरकार तिम्रो जय होस्।’ जापानका लागि प्रस्तावित राजदूत थापाले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएको र जापानमै घर रहेको स्वीकार गरेको विवरण सार्वजनिक भएपछि उहाँको नियुक्तिलाई लिएर प्रश्न उठेको हो। त्यस्तै, सरकारले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पनि उहाँको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयलाई लिएर विवाद सार्वजनिक भएको छ। उहाँ तिब्बती नागरिक भएकाे बताइन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

कीर्तिमानभन्दा जीवनको आनन्दमा रमाउँछिन् ११७ वर्षीया मार्रा
राजनीतिJust now

कीर्तिमानभन्दा जीवनको आनन्दमा रमाउँछिन् ११७ वर्षीया मार्रा

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन् । तर, उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द लिन र परिवारसँग समय बिताउन बढी मन पर्छ । उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा उनी बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन् । क्याटरहमलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ । दोस्रो विश्वयुद्ध अन्त्य हुनुभन्दा ...

फरकधार
राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा दसैँको टीका ग्रहण
राजनीतिJust now

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा दसैँको टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा आज बिहान दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले यसबारे जानकारी दिएको हो ।  ...

फरकधार
दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ : गगन थापा
राजनीतिJust now

दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ : गगन थापा

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडामा रहेका परिवारलाई दसैँको खुसीमा सहभागी गराउन आग्रह गर्नु भएकाे छ। उहाँले चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेकालाई सहयोग गर्दै एकअर्काको सहारा बन्नुपर्नेमा जोड दिनुभएकाे हाे । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले दसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्नु ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play