‘जलाकी’को ट्रेलरमा प्रेम सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्व

ललितपुर । चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा, समयसँगै बदलिँदै जाने परिस्थिति र त्यसले पात्रहरूको जीवनमा ल्याउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलर मुख्यतः चलचित्रका प्रमुख कलाकार उपासना सिंह ठकुरी र सोनाम तोप्देनको वरिपरि केन्द्रित छ । यसअघि चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रूमाल मायालाई’ बोलका गीतसँगै एक टिजर सार्वजनिक भइसकेका छन् । मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुंगाबाट निर्मित स्तम्भलाई ‘जलाकी’ भनिन्छ । सोही सांस्कृतिक अर्थ बोकेको शब्दलाई चलचित्रको शीर्षक बनाइएको हो । चलचित्रमा उपासना सिंह ठकुरी, सोनाम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय छ । त्यस्तै, चलचित्रमा क्याप्टेन विजय लामाको विशेष भूमिका छ भने मुञ्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा देखिनुहुनेछ । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुनुहुन्छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रेसविरुद्ध निरन्तर सरकार
सरकारले फेरि एकपटक प्रेसविरोधी चरित्र देखाएको छ । केही पत्रकार र पत्रकारिताका संस्थामा विना वर्दी, विना पूर्जी, विना तर्क र आधार सुरक्षा संयन्त्रका मानिस पठाएर पत्रकारहरूलाई गिरिफ्तार गरेको निन्दनीय घटना सार्वजनिक भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रताको विपक्षमा हिँडेको कुरा यो सरकार बनेयता यस सरकारले देखाएको व्यवहारले नै प्रष्ट देखाउँदै आएको छ । सरकारले प्रेस स्वतन्त्रताको आवश्यकता र महत्त्व ...

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

स्तरोन्नति अवधि थप्ने निर्णयले निजी क्षेत्र खुसी
काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले बिहीबार नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो । उक्त निर्णयले नेपाललाई ...

एथरको क्यासब्याक अफर
काठमाडौं । एथर स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कात्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ । अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउनेछन् ...


